
धादिङ मंसिर ११ । धादिङमा हाल सम्म कोरोना संक्रमितको संख्या १३ सय ८० जना पुगेको छ । जसमा ४ जना आज (बिहिबार) थपिएका हुन् ।
आज थपिनेमा नीलकण्ठ नगरपालिकामा २ जना, बेनीघाट रोराङ र थाक्रे गाउँपालिकामा १-१ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा कुल संक्रमित मध्य १२ सय २२ जना निको भएर घर फर्कि सकेका छन् ।

