
धादिङ मंसिर ११ । धादिङमा कोरोना संक्रमणबाट थप एक ५४ वर्षिय महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
ब्रेन ट्युमरबाट पिडित नीलकण्ठ नगरपालिका ४ बस्ने ५४ वर्षीया महिलाको काठमाडौँ स्थित अन्नपुर्ण न्युरो अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले पुष्टि गरेको हो ।
धादिङ घर भई भारतमा रोगजारी गर्दै आएका ज्वालामुखीका १ जना, ज्वालामुखी चैनपुर घर भई काठमाडौ बस्दै आएका १ जना कोरोना संक्रमण भई मृत्यु भएको स्वास्थ्य कार्यालयले आफ्नो सूचीमा राखेको छैन यो समेत गरी धादिङमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १८ जना रहेको छ ।
अहिले सम्म धादिङमा कोरोनाको कारण मृत्यु हुनेमा
- नीलकण्ठ नगरपालिकामा ७ जना
- गजुरी गाउँपालिकामा २ जना
- त्रीपुरा सुन्दरी गाउँपालिकामा २ जना
- ज्वालामुखी गाउँपालिकामा २ जना (स्वास्थ्य कार्यालयमा सुचिकृत नभएको)
- बेनीघाट रोराङमा १ जना
- गंगाजमुना गाउँपालिकामा १ जना
- नेत्रावती डब्जोङ गाउँपालिकामा १ जना
- थाँक्रे गाउँपालिकामा १ जना
- सिद्धलेक गाउँपालिकामा १ जना

