
धादिङ मंसिर १० । लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अवसरमा आयाेजित कार्यक्रममा गजुरी गाउँपालिका उप-प्रमुख सीता ढुङ्गानाले १६ दिनको अभियानले वर्ष दिनको मौनता तोड्न सक्नु पर्ने बताउनु भएकाे छ ।
लैंगिक हिंसा बिरुद्धको १६ अभियानको पहिलो दिन गजुरी ८ किरान्चोकमा भएकाे १६ दिने अभियानको महत्व र लैंगिक हिंसा न्यूनीकरणका उपाय विषयक अन्तरक्रियाममा प्रमुख अथिति समेत रहनु भएकाे उप-प्रमुख ढुङ्गानाले उक्त कुरा बताउनु भएकाे हाे । लैंगिक हिंसा अन्त्यका लागि घर घरबाट अभियान चलाउनु पर्ने समेत उहाँले बताउनु भएकाे थियाे ।
गजुरी ८ का वडाध्यक्ष राजकुमार ढुंगानाको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नं. ७ का अध्यक्ष केशब अधिकारी, सामाजिक विकास समिति संयोजक तथा का पा सदस्य शोभा चेपाङ गा पा भित्रका मानव अधिकार कर्मीहरु, आमा समुहका प्रतिनिधिहरु, सहकरीका पदाधिकारीहरु, बिधालयका लैंगिक फोकल पर्सन ( शिक्षक), प्रअहरु, बाल क्लबका पदाधिकारीहरु जनप्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।

