संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरे सँगै विश्वभर यो दिवस मनाउन सुरु भएको छ । नेपालमा पनि लैगिंक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता भन्ने नाराका साथ लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । यो दिवसलाई सार्थकता कसरी बनाउन सकिला ? केहि विगतका विषय वस्तुहरु स्मणर गर्न अत्यन्त आवश्यक देखिन्छ ।
छोराको हत्यारालाई कार्वाही माग गरे वापत नन्दप्रसाद अधिकारी मरेर गए, आमा न्यायको भिक माग्दै अझै न्यायको कठघरा ढकढकाउदै छिन । हत्यारालाई कार्वाही माग गरे वापत निर्मला पन्तका बा बर्बराउन थाले । आमाको हालत उस्तै ।
ताजा घटना महोत्तरीकि ६ वर्षिय बालिका मारेर बोरा भित्र कोचिएको अवस्थामा फेला परिन भने धनुषाकी १८ वर्षिय युवतीलाई सामुहिक बलात्कार पछि झुन्डाएर मार्ने प्रयास गरियो भलै स्थानीयको सहयोगमा उद्धार गरियो, अहिले उनी सघम उपचार कक्षमा उपचारत छिन् ।
यी त केहि प्रतिनिधि घटना मात्र हुन्, दैनिक जसो हुने यस्ता घटनाले हाम्रो समाजा कता जादै छ, भन्ने अनुमान लगाउन निकै कठिन परिस्थिति सिर्जना गरेको छ । यी घटनाहरुले चित्रित गर्छ कि अहिलेको हाम्रो आधुनिक समाजमा पनि विभिन्न प्रकारको हिंसा कायमै छ । हिंसाकै कुरा गरिरहदा एकातिर हामी महिला हिंसा दिवस मनाईरहेकका हुछौ ।
अर्कातिर हाम्रा चेलिहरुको क्रूर बलात्कार अनि बर्वरता पुर्वक हत्या भयका समाचार सुनेर हेरेर बस्न वाध्य छौ । एउटा नारी जसलाई देविको प्रतिक मानिन्छ उ सुरक्षित छैन । एउटी चेली जस्लाई सृस्टिको जननी मानिन्छ उ सुरक्षित छैन । यस्ता पीडादायी क्षण जुन कल्पना गर्दा पनि हजार पटक सोच्नु पर्ने हुन्छ हो ।

त्यहि घटना किन दोहोरी रहन्छ ? के महिला भएर जन्मनु नै उनिहरुको लागि अभिसाप होत ? सरकारी निकम्मापन अनि मानसिकता परिवर्तन गर्न नसक्ने हामी जनमानसको कमजोरीको उपज होईन र यो ? कुन हिसावले मनाउदै छौ हामी महिला हिंसा विरुद्धको दिवस भनेर ? साँच्चै महिलाले आफ्नो अधिकार सहितको स्वतन्त्र जिउन पाउने अधिकार प्रत्याभुति गराउन सकेका छौं हामीले ? यावत प्रश्नहरु मानिसको दिमागमा हरपल घुमिरहेको हुन्छ ।
अध्यायन भन्छ, विश्वभरी प्रत्येक ३ मध्य १ महिला आफ्नो जिवनकालमा कुनै न कुनै हिंसा भोग्न वाध्य हुन्छन् जुन धेरै जसो आफ्नै विश्वास पात्र, निकटका मान्छेहरु अझ भनौ आफ्नै जिवन साथीबाट नै भोगिरहेका हुन्छन् । त्यसो त विश्वव्यापी तथ्याङ्क आँकलन गर्ने हो भने, झण्डै ३६ प्रतिशत महिलाहरु आफ्नो जिवनकालमा कुनै न कुनै शारीरिक वा यौन जन्य हिंसा भोग्न वाध्य छन् ।
आखिर यो सबै किन भैरहेको छ, सोचनिय बिषय छैन र ? जानेर होस् वा अन्जानमा हुने यस्ता कार्यले सामाजिक रुपान्तरणमा अघि बढिरहेको समाजलाई कस्तो असर गर्ला ? बलात्कार र हत्या मात्र महिला हिंसा नभई महिलाको स्वीकृति बेगर नै उनीहरुको संबेदनसिलतामा आँच आउने र उनीहरुलाई असहज हुने अनि अश्लीलता सँग जोडिएको कुरा गर्नु होस् वा सवारी साधन चलाई रहँदा उनीहरुलाई जिस्काएर पुरुषार्थ प्रदर्शन गर्नु सबै महिला हिंसा हुन ।
त्यसो त घरभित्रै बुहारीको रुपमा होस् वा श्रीमतीको रुपमा होस् कतै न कतै हिंसा भोगिरहेकै हुन्छन् । आखिर किन ? आखिर हामी सबैको घरमा नारीको बाँस छ, आमा, काकी, दिदी, बहिनी सबैलाई हामी सम्मान गर्छौं तर घर बाहिर निक्लेपपछि हामी किन आफ्नो चेहरा बाहिर ल्याउछौ लज्जास्पद लाग्छ जुन गहन मनन सहित सच्चिने प्रयास गर्नु आवश्यक छ ।
महिला सृष्टिकर्ता हुन, जननी हु्, जसको भुमिका मानव जिवनको विकासक्रम देखि पुज्य रहदै आएको छ । आमाको कोखमा ९ महिनाको बसाईबाट सुरु हुने मानव जीवन दिदी, बहिनी, भाउजू बुहारी अनि श्रीमती हुँदै पुन आमाको रुपमा परिणत हुन्छ सोचौ त कति बलवान् र सुन्दरताको पर्याय हुन नारी । संसार चलाउने नारी पात्र बिडम्बना आज पनि विश्व भरिनै कुनै न कुनै हिंसाको सिकार भैरहेका छन् भने महिला पुरुष बीचको असमानताको ध्वनी सुनिरहेकै छौ ।
दिनहु जसो सञ्चार माध्याममा बलात्कार, हत्या, दाईजोको नाममा हुने अत्याचार, बोक्सीको आरोप लगायतको हिंसात्मक घटनाले साँच्चै हाम्रो मानसिकतालाई नै बिचलित बनाई रहेको छ । कानुनतः महिला हिंसा एक मानव अधिकार हनन् हो भन्ने कुरा हामी सबैले मनन् गर्नु नितान्त जरुरी छैन र ।
महिला हिंसा लैगिंक असमानताको उपज हो र यसको बारेमा कानुनी सम्बोधन नभएका पनि होईनन तर पनि त्यो पुर्ण रुपमा सार्थ हुन सकेको छैन । विकसित होस् वा अविकसित जुनसुकै मुलुक यो समस्याबाट मुक्त हुन सकेको छैन ।
महिलाको विरुद्धमा हुने हिंसा रोक्न सारा विश्व एक भएको पनि छ, प्रत्येक वर्ष नोभेम्बर २५ लाई विश्व महिला हिंसा बिरुद्दको दिवसको रुपमा पनि मनाईन्छ, महिला हक हितको लागि भनेर थुप्रै संघ सस्थाहरु पनि खुलेका छन्, उनीहरुले वकालत पनि गरिरहेकै छन् तर पनि समस्या समाधान हुन नसक्नु आफैमा एक समस्या बनेर खडा भएको छ ।
जुन परिवार अनि समुदायमा महिला र पुरुष बीचमा समानता छ, एकले अर्कोलाई सम्मन गर्छ त्यो घर, समाज अनि समुदाय हरेक किसिमले सदैव समुन्नत हुन्छ, जब घर, परिवार, समाज अनि समुदाय समुन्नत हुन्छ तब राष्ट्रको समग्र पक्ष समुन्नत र सम्मान लायक हुन्छ । त्यसैले हामीले हाम्रो परिवार भित्रैबाट महिला हिंसाको घटनालाई निस्तेज पार्ने प्रयास गर्नुपर्छ ।
आजको आवश्यकता एउटी आमालाई शिक्षित र सम्मानको बागडोर बनाउनु भनेको समाज र राष्ट्रकै लागि शिक्षित र सम्मान जनक बनाउनु हो । यसको लागि सरकारी तथा गैरसरकारी पक्षबाट विभिन्न प्रयासहरु भैरहेका छन् जस्तो कि पछिल्लो पुस्ताहरु स्वयं औपचारिक शिक्षा हासिल गरिरहेकै छन्, पुराना पिढी अर्थात पुस्तालाई सचेत बनाउने उद्देश्यले विभिन्न महिला शिक्षा, प्रौढ शिक्षा लगायतका विभिन्न अनौपचारिक शिक्षा मार्फत महिला जागरण र साक्षर बनाउने प्रयास भैरहेको छ यो एक सकारात्मक कदम हो, यसलाई अझै व्यापक बनाउनु आवश्यक छ ।
हामी कहाँ परम्पराको नाममा रहेको सति प्रथा, देउकि प्रथा जस्ता नारी उपजका प्रक्रियाहरु त रोकियो अवस्थामा केही पतिवर्तन पनि भएकै छ तर त्यतिबेलाको समाज र अहिलेकोलाई परिवर्तित समाजलाई हेर्दा जुन रुपमा स्वतन्त्र हुनुपर्ने त्यो हुन सकेको छैन ।
छौपडी जस्ता सामाजिक संस्कार, महिला घरको चौघेरामा मात्र सिमित हुनुपर्छ भन्ने मान्यता अनि सामाजिक प्रतिस्पर्धामा पुरुष सरह जानुहुन्न भन्ने संकिर्ण सोच अझै पनि व्याप्त पाउन सकिन्छ जुन सभ्य समाजको लागि एउटा असभ्य अभ्यास हो भन्दा फरक नपर्ला ।
वैदिक सनातन परम्पराको नियममा पनि हाम्रो सभ्यताले महिला र पुरुषलाई समान आदर र सत्कार दिएको पाईन्छ । उदाहरणको रुपमा लक्ष्मीको पर्यायको रुपमा छोरी बुहारीलाई पुज्ने गरिन्छ भने पुजा आजाम पन्च कन्याको रुपमा पनि छोरीलाई नै लिने गरिन्छ ।
त्यसो त छोरीलाई नै जिवित देवि कुमारीको रुपमा पुज्ने गरिन्छ जुन महिला प्रतिको आदर र सम्मन हुन तर पनि पछिल्लो समय बड्दै गएको यावत घटनाहरुले महिला अझै पिडा मै रहेको महसुस हुन्छ ।
सरसर्ती हेर्दा हाम्रो परिवार अनि समाज समाज नै यसको कारण हो । अझै पनि हाम्रो समाजमा छोरा छोरी बीच भेदभाव नै गरिन्छ । कामको आधारमा होस वा बिहे गरेर पराई घर जाने आधारमा होस्, यति मात्र होईन एउटै कुरा छोराले बोल्दा राम्रो अनि छोरीले बोल्दा नराम्रो बुझने समाज पनि हाम्रै हो । यस्ता भनाई अनि व्यवहार र बुझाईले गर्दा हामी आफैले अप्रत्यक्ष रुपमा महिला हिंसालाई प्रश्रय दिईरहेका छौ ।
छोरा होस् वा छोरी तपाईं हामीले आफ्नै परिवारबाट जब सम्म समान व्यवहारगर्न सक्दैनौं तवसम्म महिला हिंसा विरुद्धको अभियान सफल नहुने पक्का छ । हाम्रै कुरा गर्ने हो भने सरकाले कानुनत महिला र पुरुष समान छन् भनेको छ, संविधानले पनि ३३ प्रतिशत महिला आरक्षण देखाएर उदारता देखाएको छ अनि कुनै पनि हिंसा भएको खण्डमा सरकारले कडा कारबाही गर्ने प्रतिवद्धता पनि जनाएको छ ।
प्रधानन्यायाधिश महिला भए, राष्ट्रपति महिला नै अनि सर्वाङिण विकासको आधार औधोगिक नेतृत्वमा पनि महिला नै पुगे, अन्य यावत निकायमा महिला प्रतिनिधित्व हुँदाहुँदै पनि महिला हिंसाका घटना रोकिएका छन त ? विल्कुल छैन कारण तपाईं हामीले आफ्नो मानसिकता, सोच अनि बिचारलाई परिवर्तन गर्न सकेनौं ।
बुज्न सकेनौं कि हामी मानव सृष्टिको सबैभन्दा सर्वश्रेष्ठ प्राणी हौं । अर्को तितो यथार्थता हामी महिला हिंसा भन्ने बितिकै सबै पुरुषकै कारण भन्ने बुज्छौ तर महिला हिंसा हुनुमा महिलाकै भुमिका पनि उत्तिकै देखिन्छ । बुहारी कजाउने सासू, सासू कजाउने बुहारी, भाउजू तह लगाउने नन्द जस्ता परम्परागत गलत प्रकृयाले पनि महिला हिंसालाई बढवा दिईरहेको पाउन सकिन्छ ।
तसर्थ यस्ता हिंसा नियन्त्रणको लागि स्वयं महिला आफै पनि जागरुक हुनु जरुरी छ र अरुलाई जागरुक गराउनु उत्तिकै आवश्यक छ ।
प्रविधिको विकासको आडमा पछिल्लो समय सामाजिक संजालमा समेत महिला हिंसाका क्रूर घटनाहरु बाहिरिरहेका छन् । अपमान जनक शब्द देखि यौनिक कुण्ठाका बिषयलाई समेत महिला परस्त जोडेर एउटी नारीलाई घर, परिवार अनि समाज मै टिक्न गाह्रो अवस्था समेत बन्ने गरेको छ । यस्तो अवस्था आउनु हामी पुरुषहरूको लागि पनि आफैमा अपमान बोध होईन र ?
त्यसैले आगामी दिनमा यस्ता हिंसाका घटनाहरु हुन नदिन सामाजिक संजालमा सभ्यताको भाषा सिकौं, मानसिकतालाई परिवर्तन सहित समानताको प्रयायको रुपमा रुपान्तरित गरौं । घर भित्रै बुहारीलाई आफ्नै छोरी, सासुलाई आफ्नै आमा, श्रीमतीलाई प्रकृतिको सुन्दर रचना, भाउजू बुहारीलाई देवि समान अनि बाह्य वातावरणमा पनि प्रत्येक नारीलाई आफ्नै आमा, दिदी बहिनिको नजरले हेर्ने चेस्टा गरौं पक्कै तपाईं हामीले खिजेको समानता भेट्नेछौ ।
हामीले यति बुझ्नु जरुरी छ कि, नारीको आत्मियता अनि प्रेम सँगै पुरुषको सम्मान र साथ बिना सुन्दर सृष्टी सम्भव छैन । अभियान अभियानका लागि नभएर अभियान व्यहारमा कति आयो ? अभियान कर्ताहरुकै परिवारबाट आम मानिसहरुले कति सिके ? हामीले यो अभियान मनाउँदै गर्दा म र मेरो परिवारमा लैंगिक हिंसा हुन दिन्न त भन्यौ के समाजले पत्याउन सकेको छ त ? त्यसैले पहिला हामी अभियान कर्ताहरु नै व्यवहार आउनु पर्ने पहिलो आवश्यकता बनेको छ ।
