मन्त्री जम्कट्टेलद्वारा बुढाथुममा प्रहरी चौकीको भवन उद्घाटन

Avatar photo
Dhadingpost
मंसिर १०, २०७७

धादिङ मंसिर १० । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले धादिङको गंगाजमुना ७ स्थित प्रहरी चौकी बुढाथुमको नव(निर्मित भवन
उद्घाटन गर्नु भएको छ ।

मंगलबार भएको उक्त भवन उद्घाटन कार्यक्रममा बागमती प्रदेशका प्रदेश सभा सदस्य माननीय जगत सिंखडा‚ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा‚ धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख महेन्द्र खड्का, लगाएतको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

तस्वीरः उपेन्द्र जम्कट्टेल