गजुरीबाट ६ केजी चरेश बरामद, सुनौला बजारका दिलिप र राजन पक्राउ

Avatar photo
Dhadingpost
मंसिर ८, २०७७

धादिङ मंसिर ८ । धादिङको गजुरी गाउँपालिका वडा नं. १ स्थित गजुरीबजारबाट प्रहरीले सोमबार दिउँसो ६ केजी चरेश बरामद गरेको छ ।

गल्छीबाट मुग्लिङ तर्फ जाँदै गरेको ग १५ प ३३५० नम्बरको स्कुटीलाई सोमबार दिउँसो १ बजे चेक जाँच गर्ने क्रममा स्कुटीमा लुकाई राखेको अवस्थामा ६ केजी चरेश बरामद गरिएको प्रहरीले जनाएको हो ।

स्कुटी चालक नीलकन्ठ नगरपालिका ६ सुनौला बजारका २२ वर्षिय दिलिप दाहाल र पछाडि सवार सोही ठाउँ बस्ने २० वर्षिय राजन परियारलाई पक्राउ गरेको छ ।