
धादिङ मंसिर ५ । धादिङको नीलकण्ठ नगरपालिकाले ०७३–७४ मा ९७.८२ प्रतिशद पेश्की फच्र्यौट गरी नीलकण्ठलाई देश कै उत्कृष्ट नगरपालिका बनाउन योगदान गरेको भन्दै तात्कालिन प्रमुख प्रशासकिय अधिकृत जगननाथ पन्त, लेखा अधिकृत बलराम मरासिनी र लेखापाल पवित्रा बुर्लाकोटीलाई नगद सहित सम्मान गरेको छ ।
नीलकण्ठ नगरपालिका, पेश्की फच्र्यौट गर्नेमा देश भरिकै उत्कृष्ट भए सँगै मन्त्रालयले त्यसै वखत यी ३ जना कर्मचारीलाई सम्मान गर्न पत्र पठाए पनि विविध कारणबस सम्मान गर्न ढिलाई भएको भन्दै नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुङ्गानाले दोसल्लाह ओढाई, कदर-पत्र र नगद प्रदान गरि सम्मान गर्नु भएको हो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप-प्रमुख मनराज भण्डारीले सम्मानित हुने ३ जना कर्मचारीलाई बधाई दिँदै, जहाँ कर्यरत रहेता पनि कार्य कुशलता प्रशंसनिय रहनेमा आशावादी रहेको बताउनु भएको थियो ।
यस्तै सम्मान ग्रहण गर्दै तात्कालिन अवस्थाका प्रमुख प्रशासकिय अधिकृत एवम् हाल धनगढी उप-महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पन्तले जनप्रतिनी र कर्मचारीको सहयोगमा उक्त सफलता मिलेको बताउनु भएको थियो ।
अहिले पनि आफुलाई मेयर भिम ढुङ्गाना सँग काम गरेर आउनु भएको भनेर प्रशंसशा गर्नेहरु धेरै भएको भन्दै कुशल जनप्रतिनीधि र कुशल कर्मचारीको टिमवर्कले उक्त सफलता हासिल भएको पन्तले स्मरण गर्नु भएको थियो ।
त्यो बेलामा ७५ करोडको कारोबार गरेको नीलकण्ठ नगरपालिकामा ९ करोडको बेरुजुको चाँङ थियो । लेखामा काम गर्ने साथीहरु, मेयर ढुङ्गाना र अन्य जनप्रतिनीधिहरुको साथका कारण ९७.८२ प्रतिशद पेश्की फच्र्यौट गर्न सफल भएको उहाँले बताउनु भएको भयो ।
कार्यक्रममा प्रशासकिय अधिकृत पन्तलाई नगद २५ हजार, लेखा अधिकृत बलराम मरासिनीलाई १५ हजार र लेखापाल पवित्रा बुर्लाकोटीलाई १० हजार नगर सँगै प्रशंसा पत्रकोे साथमा दोसल्लाह ओधाएर सम्मान गरिएको थियो ।
