बसेरीमा ३०० बोट केरा फडानी गर्नेलाई, प्रहरीले अझै समातेन

Avatar photo
Dhadingpost
मंसिर ५, २०७७

धादिङ मंसिर ५ । धादिङको गंगाजमुना गाउँपालिका स्थित बसेरीमा रेशम कार्कीले लगाएको ३०० बोट केरा मंसिर २ गते राती फडानी गरि क्षेति पुर्याईएको छ ।

पिडित परिवारले केरा फडानी गर्ने शंकास्पद व्यक्तिको पहिचान गरि प्रहरीलाई जानकारी गराउँदा समेत प्रहरीले अहिले सम्म ति शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छैन ।

वडा अध्यक्ष भक्तवहादुर लामिछानेको घरै अगाडी भएको उक्त केरा फडानीमा संलग्न को थिए ? यस विषयमा वडा अध्यक्षले किन घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरीलाई दवाव दिई रहेका छैनन् यस विषयमा बुझ्न फोन गर्दा सम्पर्क हुन सकेन ।

जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपीले आफु धादिङ बाहिर भएको र २ गते को घटना भएपनि आफुलाई जानकारी नभएको बताउनु भयो । अब उक्त घटना बारे तत्काल प्रहरी पठाएर अनुसन्धान गर्ने समेत बताउनु भयो । तर घटना भएको भोली पल्ट नै प्रहरी घटनास्थल अवलोकनमा गएको र पिडित परिवारले दिएको शंकास्पद व्यक्तिलाई तत्काल पक्राउ गर्ने प्रतिवद्धता सहित फर्किएको थियो ।

हामीले व्यवसायीक खेती, स्वरुप केरा खेती सुरु गरेका थियौं, न छिमिकीको बारी मिचेका छौं, न सार्वजनिक जग्गा नै, अपराधीक मनसायबाट केरा फडानी भएको छ हामीले केरा फडानी गर्ने मान्छे चिनेका पनि छौं । पहरीलाई जानकारी गराउँदा पनि प्रहरीले नसमातेको पिडित रेशमका छोरा सुमन कार्कीले धादिङपोष्टलाई बताउनु भयो ।