
धादिङ मंसिर ४ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ का वडा सचिव बुधबार स्थानीय एक होटलमा कोरोना संक्रमित सँग सँगै बसेर रक्सी खादै गरेको भेटिएको छ ।
स्थानीयहरुले कोरोना संक्रमण फैलन सक्ने भन्दै प्रहरी र वडामा खवर गरेपछि संक्रमित सँगै बसेर रक्सी सेवन गरि रहेका वडा सचिव दिनेश पोखरेललाई गल्छी स्थित आईसोलेशनमा राखिएको वडा अध्यक्ष राजु अधिकारीले धादिङपोष्टलाई बताउनु भयो ।
सचिव दिनेश पोखरेल विदामा हुनुहुन्थ्यो, बुधबार मात्रै बिदा सकेर आउनु भएको हो । स्थानीयबाट संक्रमित सँगै होटलमा बसेर खानपिन गरेको भन्ने आएपछि पीसीआर परिक्षण गरिने र पीसीआरको रिपोर्ट नआउन जेल आइसोलेसनमा राखिने समेत अध्यक्ष अधिकारीले बताउनु भयो ।

