बेनीघाटको नि:शुल्क कपडा घरलाई काठमाडौंबाट अर्पना श्रेष्ठको सहयोग

Avatar photo
दिपेश कडेल
कार्तिक २८, २०७७

धादिङ कार्तिक २८ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित बेनीघाट बजारमा रहेको निशुल्क कपडा घरलाई सहयोग आउने क्रम जारी रहेको छ ।

हुनेले सहयोग गरौं, नहुनेले निशुल्क कपडा लैजाऔं भन्ने उद्धेश्यका साथ स्थानीय युवाहरुद्वारा संचालित उक्त निशुल्क कपडा घरबाट सेवा निलेहरुको संख्या पनि बृद्धि हुँदै गएको छ ।

गत साता मात्रै स्थानीय रमेश धमला, बाँके कोहलपुरका विद्यार्थीहरुले कपडा सहयोग गरेका थिए भने यो साता काठमाडौं निवासी अर्पना श्रेष्ठ र उहाँको साथीहरुले कपडा सहयोग गर्नुभएको छ ।

असाह्य गरिवहरुलाई निशुल्क छानी छानी कपडा प्रदान गर्दै आएको यस कपडा घर धादिङमा मात्रै हैन देश विदेशमा रहेका नेपालीहरुले प्रसंसनिय कार्य मान्दै आएका छन् ।