
धादिङ कार्तिक २५ । राम्रो र सुेवा मुखी सहकारी प्रत्येक गाउँमा एउटा भए पुग्ने र त्यहि सहकारीले आर्थिक उपार्जनका लागि महत्वपूर्ण भुमिका खेल्न सक्ने प्रदेश संसाद डा. रामकुमार अधिकारीले बताउनु भएको छ ।
ज्वालामुख गाउँपालिकामा रहेको दुईवटा सहकारीलाई मर्च गर्न सोमबार साँधभञ्ज्याङ पुग्नु भएका संसाद अधिकारीले समान उद्धेश्यका सहकारीहरु एकीकरण हुन अत्यावश्यक भएको र सहकारी समाज रुपान्तरणको एक खम्बा भएकोले खम्बा मजबुद हुन पनि मर्च हुन आवश्यकता रहेको बताउनु भएको हो ।
ज्वालामुखी गाउँपालिका वडा नं ५ मा रहेको संगम बचत तथा ऋण सहकारी संस्था र वडा नं ६ मा रहेको आयआर्जन बचत तथा ऋण सहकारी संस्था मर्च भएको छ । फोटोः टीकाराम नेपाली
