
धादिङ कार्तिक २० । धादिङमा कोरोना भाईरस संक्रमितको संख्या १ हजार १९५ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा ५ संक्रमित आज थपिएका हुन् ।
आज थपिने कोरोना संक्रमितमा नीलकण्ठ नगरपालिकामा १ जना, धुनीबेसी नगरपालिकामा २ जना र बेनीघाट रोराङमा २ जना रहेका छन् ।
धादिङमा कुल संक्रमित मध्य ९७९ जना निको भएर घर फर्कि सकेका छन् भने १४ जनाको मृत्यु भएको छ ।

