
धादिङ गजुरी कार्तिक २० । धादिङको गजुरी गाउँपालिका कार्यपालिका सदस्य तथा न्यायीक समिति सदस्य मञ्जु सार्कीको कोरोना संक्रमण पछि निधन भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी गजुरीको नेतृ समेत रहनु भएको गजुरी कार्यपालिका सदस्य सार्की विगत केहि समय देखि दुबै मृगौला फेल भई मनमोहन शिक्षण हस्पिटल काठमाडौंमा उपचारत हुनुहुन्थ्यो ।
उपचार कै क्रममा कोरोना पोजेटिभ देखिए सँगै गजुरी कार्यपालिका सदस्य ४१ वर्षिय सार्कीको बिहिबार निधन भएको गजुरी गाउँपालिकाको उप प्रमुख सिता ढुङ्गानाले धादिङपोष्टलाई बताउनु भयो ।

