धादिङको गजुरी, गल्छी र थाक्रेमा विप्लव नेकपाको मशाल जुलुस

Avatar photo
Dhadingpost
कार्तिक २०, २०७७

धादिङ कार्तिक २० । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले धादिङको तीनवटा गाउँपालिकामा मशाल जुलुस गरेका छन् ।

नेकपा धादिङका नेता एवम् इलाका इन्चार्ज सितलले नेतृत्व गर्नु भएको उक्त मशाल जुलुस बुधबार साँझ गजुरी गाउँपालिका, गल्छी गाउँपालिका र थाँक्रे गाउँपालिकामा भएको एक नेताले धादिङपोष्टलाई बताए ।

पछिल्लो समय शही क्षेत्रमा आफ्नो गतिविधि बढाएको विप्लव नेतृत्वको नेकपाले धादिङका सेक्रेटरी बुद्ध गुरुङले पार्टी परित्याग गरी एमालेर माओवादी केन्द्र मिलेर बनेको नेकपामा प्रवेस गरे सँगै धादिङमा विप्लव कार्यकर्ताहरुको गतिविधिहरु शुन्य थियो ।

नेपाल कम्युनिस्ट पार्टीले कोरोना महामारीको समयमा जनताको स्वास्थ्य सुरक्षाविरुद्ध जाने, भ्रष्टाचार गर्ने, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषय दिन–प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बनाउने केपी वली सरकार विरुद्ध देशव्यापी सङ्घर्ष घोषणा गरे सँगै धादिङमा पनि मशाल जुलुस भएको नेता सितलले बताउनु भयो ।