धादिङमा कोरोना संक्रमितको संख्या ११९० पुग्यो, आजै थपिए १५ जना

Avatar photo
Dhadingpost
कार्तिक १९, २०७७

धादिङ कार्तिक १९ । धादिङ जिल्लामा कोरोना भाईरस संक्रमितको संख्या १ हजार १९० पुगेको छ जस मध्य १५ जना आजै थपिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

आज थपिने संक्रमितहरुमा नीलकण्ठ नगरपालिकाबाट ५ जना, धुनीबेसी नगरपालिकाबाट २ जना, गल्छी गाउँपालिकाबाट १ जना, गजुरी गाउँपालिकाबाट १ जना, ज्वालामुखी गाउँपालिकाबाट १ जना, त्रीपुरासुन्दरी गाउँपालिकाबाट २ जना, गंगाजमुना गाउँपालिकाबाट १ जना र थाँक्रे गाउँपालिकाबाट २ जना छन् ।

संक्रमित मध्य ८७४ जना निको भएर घर फर्किसकेका छन् भने १३ जनाको मृत्यु भएको छ ।