गाउँपालिका प्रमुख हरि डल्लाकोटीलाई कोरोना संक्रमण

Avatar photo
Dhadingpost
कार्तिक १९, २०७७

धादिङ कार्तिक १९ । धादिङको बेनीघाट रोराङका गाउँपालिका प्रमुख पित्त बहादुर डल्लाकोटी (हरि) लाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

कोरोनाको लक्ष्यण देखिए सँगै परिक्षण गर्दा आईतबार पोजेटिभ देखिएको र हाल प्रमुख डल्लाकोटीको स्वास्थ्य स्थिति सामान्य रहेको उहाँको पारिवारीक स्रोतले धादिङपोष्टलाई बतायो ।

हाल सम्म बेनीघाट रोराङमा ५९१ जनाको पीसीआर गरिएकोमा ८३ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । यस गाउँपालिकामा हाल १७ जना आइसोलेशनमा छन् भने मृत्युहुनेको संख्या १ जना रहेको छ ।