
धादिङ कार्तिक १९ । बागमती प्रदेश सरकारले प्रदेश भित्रका ५ वटा विद्यालय बनाउने कार्यक्रम अन्तररगत धादिङको शंखादेवी मावि पनि परेको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ९ मझिमटारमा रहेको शङ्खादेवी माध्यमिक विद्यालयमा प्रदेश सरकारले छात्रवास सहितको भवन निमार्णको लागि पौने २ करोड सहयोग गर्ने छ ।
उक्त भवन निमार्णका लागि मङ्गलबार डिपिआर, आवासीय विद्यालय सञ्चालन कार्यविधि, विनियम सम्बन्धमा सरोकारवालाहरुबीच छलफल भएको छ ।
उक्त छलफलमा स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, स्थानीय शिक्षाप्रेमीहरु तथा राजनैतिक पार्टी प्रतिनिधिहरुसँगसहभागि थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. ९ का अध्यष सुरेश मल्लको अध्यक्षता भएको उक्त कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष देवी प्रसाद सिलवालको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईको विशेष आतिथ्यता रहेको थियो ।
चेपाङ समुदायका विद्यार्थीहरुको बाहुल्यता रहेको उक्त विद्यालयको आफ्नै २१ रोपनी जग्गा रहेको र सोही जग्गामा छात्र छात्राका लागि छुट्टा छुट्टै सुविधा सम्पन्न आवासीय भवन निर्माणका लागि डिपिआर तयार भैसकेको विद्यायका शिक्षक तिलक चेपाङले धादिङपोष्टलाई बताउनु् भयो ।
