स्वार्थ लिप्तता र नेकपा ताण्डव नृत्य

Avatar photo
Dhadingpost
कार्तिक १७, २०७७

मुलुक गम्भीर स्वास्थ्य संकटले आक्रान्त बनिरहेको बेला सरकारको नेतृत्व गरिरहेको नेकपा तान्डव नृत्यको चरम उत्कर्षमा पुगेको छ । शक्तिको खेलमा जनजिवनको व्यवास्ताबाट जनविश्वास गुमाईरहेको बेला पछिल्लो घटना क्रमले अब के हुने हो भन्ने तरङ्ग सबैमा पैदा गराएको छ । प्रधानमन्त्री केपि ओलिको बैशाख ८ को दल विभाजन अध्यादेश अनि असार १४ मा लिम्फियाधुरा र कालापनी सहितको नक्शा जारी पछि भारतले प्रमबाट हटाउने खोजेको अभिव्यक्ति संगै फुटको संघारमा पुगेको नेकपा फेरि एक पटक फुटको नजिक पुगेको छ । बैशाख यता यो तेश्रो विवादको शृङ्खला हो ।

पछिल्लो मन्त्रीपरिषद पुनर्गठन, कर्णाली विवाद अनि प्रमको रअ का प्रमुख सामन्त गोयल संगको भेटको कारण नेकपा फुटको अन्तिम संघारमा पुगेको हो । प्रम ओलिबाटै फुटको सिधा चुनौती आएपछि नेकपा नेताहरु बीच खैलाबैला त मच्चिएको छ नै देशको चौतर्फी राजनीति र समग्र महोल नै कता जान्छ भन्ने आकलन गर्न सक्ने अवस्था छैन । राजनितिक स्थायित्व सुनिश्चितता, संविधानको पुण कार्यान्वयन र समृद्ध नेपाल सुखी नेपालिको नारालाई पूरा गर्दै समाजवाद तर्फ मुलुकलाई अघि बढाउने उद्देश्य सहित तात्कालिन माओवादी र नेकापा एमालेले एकता गरेका थिए तर यो एकता पुर्ण रुपमा सम्पन्न हुन नपाई फुटको संघारमा पुग्नु शक्ति, पद र प्रतिष्ठाको घिन लाग्दो मानसिकता मुख्य कारण रहेको विश्लेषण गर्न थालिएको छ ।

शुन्य सहनशिलता, वैचारिक द्वन्द अनि स्वार्थ हाबी जस्ले राजनितिलाई फोहोरको एउटा बिम्बको रुपमा परिचित बनाईरहेको छ । शक्ति सन्तुलनलाई महसुस गर्न नसक्नु नै पछिल्लो घटना क्रमको एक नमुना हो भन्दा फरक नपर्ला । त्यसो त मुलुकमा मौलाउदै गएको राजनितिक घटना क्रमले युवाहरुलाई राजनिती प्रती घृणा बोध त गराएको छ नै संगै आक्रोसको ज्वाला फुट्न थालेको छ ।

विभिन्न दलमा आवद्ध लाखौ युवा जमात राजनितिको चरम लापरबाहीको सिकार त बन्ने होईन भन्ने प्रश्न उब्जिन थालेको छ । निकै उत्साह र उमंगका साथ स्थापित लोकतान्त्रिक गणतन्त्र, संघीयता र बहुदलीय प्रतिस्पर्धा सहितको संबंधान समेत निष्क्रिय बन्दै गैरहेको छ । निर्वाचन मार्फत बैधानिक रुपमा सत्त र शक्ति कब्जा गर्ने हेतुले लामो ईतिहास बोकेका दुई भिन्न पृष्ठभूमि र परस्पर बिरोधी दुई राजनितिक शक्ति एक भएका थिए ।

जस अनुरुपको जन समर्थन पनि उनिहरुले पाएकै हो । तर आर्थिक, सामाजिक, राजनैतिक अनि साँस्कृतिक रुपान्तरण मार्फत मुलुकलाई विकासको मोडलमा लानुपर्ने अधिकाशं समय बालहठ र मपाइत्वको खेलले तुहिएको छ । हुनत भाषणमा जतिसुलै ठुला योजना तर्जुमा गरिए पनि स्पष्ट र दिगो विकासको कुनै भरपर्दो आधार शिला उनिहरु संग थिएन र पनि जनता उत्साहित थिए केही होला, केहि गर्लान् भनेर तर त्यो यी मतियारहरुको देखाउने दाँत मात्र रहेछ भन्ने कुरा अहिले आएर प्रष्टिन थालेको छ ।

संसदिय चरित्र ग्रहण गरेको वाम चरित्रको पार्टी र फौजी संरचानात्मक पृष्ठभूमिको दुई पार्टी एकता त्यतिबेलै शंकाको निशानामा नपेरेको होईन तर स्वार्थको खेल चुनावी तालमेलबाट सत्ता हत्याउने मनोवृत्तिबाट दुई पार्टीलाई एकता त गरायो तर आन्तरिक द्वन्द्व निरन्तर रहिरह्यो । जस्को असर मुलुक अनि जनताले भोग्नु पर्यो र परिरहेकै छ ।

शक्तिको केन्द्रीकरणको उपज दुई अध्यक्षकै आपसि एकल निर्णयले गर्दा पार्टीको ईतिहास, आदर्श, कार्यशैली, संगठनात्मक संरचना सबै ध्वस्त हुने पुगेको छ । पार्टीको विधि र बिधानलाई निहित स्वार्थको कोप भाजनको भुमरिमा चुर्लुम्म डुबाईसकेपछि पार्टी फुट त हुने नै भयो संगै नेकपा ईतिहासकै लज्जास्पद खेलको चरम पिडामा रुमल्लिने आकलन गर्न सकिन्छ ।

त्यसो त गुट उपगुटको खेलले समेत अहिलेको राजनितिक संकटलाई मलजल गरेको प्रष्ट छ । आलोचनात्मक चेतनालाई तिलाञ्जली दिदै आफ्नै गुट र आफ्नो आरती गाउने, भलै भ्रष्टाचार लगायतका आपराधिक कार्य किन नहोस आफ्नै गुणगान गाउने प्रवृत्तिलाई सम्मान र पुरस्कारको ब्यबस्था सहित अघि बड्दा जुन परिणाम भोग्नुपर्ने हो छरप्रष्ट नहुने कुरा पनि भएन । पार्टीको विधि र बिधान बिपरित सम्पुर्ण शक्ति दुई पात्रमा केन्द्रित गरे । स्वार्थ, अवसर र पदमा भगबण्डा मिलुन्जेल स्वभाबिक मिलन देखियो जव मत बाझियो आन्तरिक नाङ्गो नाच छरपस्ट बहिरियो ।

हुनत यो नाचलाई मथ्थर पार्न आ आफ्नो स्वार्थसमुहको व्यक्तिहरुलाई परिचालन नगरेका पनि होईनन तर परिचालितहरु समेत आफ्नै स्वार्थमा रमाउने भएपछि समस्या समाधान होईन झन बड्ने कुरा आकलन गर्न सकेनन, जस्को उपज स्वभावतः संकटको संघार खोलिनु थियो । यति सम्म रडाको मच्चाए कि दुई अध्यक्ष बिना नेकपा नै रहदैन भन्ने सम्मको चिरयुक्त रजाई मजैले देखियो । जहाँ न सचिवालय न स्थायी कमिटी न केन्द्रिय कमिटीको निर्णय नै सर्वोपरि भयो भयो त मात्र दुई ब्यक्तिको बिचार उत्कृष्ट, यति सम्म कि बहुमतकै समेत कदर नहुने अवस्था समेत देखा पर्यो ।

मुख्य समस्या यहाँ पनि रह्यो कि पार्टीका अन्य हस्तिहरु उनिहरुकै दुई अध्यक्षको हरेक कुरालाई खुरुखुरु मान्दै गए, न कसैले प्रश्न चिन्ह राखे न विधि र बिधानलाई नै स्मरण गराए । एक वाक्यमा भन्दा मुकदर्षक नै बने । दोश्रो पंक्तिका नेतृत्वहरु अधिकार बिहिनतामा बस्न बाध्य भए । नेतृत्वलाई झक्झकाउने काम उनिहरुबाट हुनुपर्ने हो तर हुन सकेन, नेतृत्वलाई चुनौती दिन सक्नु पर्ने हो तर सकेनन, जनहित र समृद्धिको मन्त्रलाई उठान गर्नु पर्ने हो तर गर्न सकेनन जस्को परिणाम नेतृत्वकर्ता बेलगामको घोडा जसरी खुलेआम ताण्डव नृत्य प्रदर्शन गर्न सफल भए ।

प्रतिपक्षी दलको मौनता
अपेक्षा थियो झन्डै दुई तिहाईको सरकारले देशको दुरगामी विकासको खाका तय गर्छ । अनि प्रतिपक्षी खरो उत्रन्छ सरकारको काम गराईमा साथ सङै नराम्रा कामको बिरोधमा । सुरुवाती चरणमा केही आसातित संकेत नदेखिएको पनि होईन तर समय संगै ती संकेत अनि देखाएका सपनाहरु धुमिल बन्दै गए ।

प्रतिपक्षी सरकारको हरेक राम्रा नराम्रा कामको मौन समर्थनमा आफुलाई भुलाउन पुग्यो । उस्ले न त सरकारलाई सहि कार्यदिशाको लागि पहल कदमी देखायो नत सरकारको रबैया प्रवृत्तिको बिरोध नै गर्न सक्यो । देशमा भ्रस्टाचार, बिक्रीती, कुसंस्कार, बेतिथी मौलाउदै गयो । सरकार बेलगाम घोडा बन्दै गयो स्वार्थलाई सर्वोपरी ठानेर तर प्रतिपक्षीले कुनै हैसियत राखेनकी प्रतिपक्षको भुमिका सरकारलाई सहि बाटोमा हिड्न झक्झकाउने हो दबाब दिनेहो भन्ने कुरा ।

देश संक्रमणले चरम आक्रन्त बनिरहदा जनता भोक रोग र शोकले पिल्सिन पुगिरहेका छन । सरकार जन स्वास्थ्य अनि जनभावनामा होईन पार्टीगत खिचातानिमा रुमल्लिरहेको छ । भ्रस्टाचारले सिमा नागेको छ जनता सरकार बिहिनताको अबस्थमा बस्न बाध्य छन । यस्तो अबस्थामा प्रतिपक्षमा रहेको दलले सरकारको खारब प्रवृत्ति बिरुद्ध खरो कदम चाल्नु पर्ने हो तर प्रतीक्ष दल आफ्नो धर्मबाट बिल्कुल पन्छिएर बसेको छ ।

यस्तो लाग्छ मुलुकमा प्रतिपक्ष दलनै छैन। जनता यो सोच्न बाध्य छन कि यी राजनितिक दलहरु मिलेमतोमा चुनाबी पर्खाईमा मात्र आफुलाई भुलाउन लागि परेका छन, प्रतिपक्षको सोचाई यो छ कि यो सरकारको ५ वर्ष कहिले सकिएला अनि आफ्नो स्वार्थ कहिले पूरा होला। हामी जनताको बिडम्बना यी र यस्तै मतियार राजनितिक पार्टिको समर्थनमा आफुलाई समाहित गराउन परिरहेको छ ।