धादिङमा अब उद्योग व्यवसाय बेलुका ८ बजे सम्म खुल्ला रहने

Avatar photo
Dhadingpost
कार्तिक १७, २०७७

धादिङ कार्तिक १७ । धादिङ जिल्लामा जिल्ला प्रशासनले कोरोना भाईरसको संक्रमण फैलन नदिन जारी गरेको निषेधाज्ञाले बन्द उद्योग व्यवसायहरु अब बेलुका ८ बजे सम्म संचालन गर्न पाईने भएको छ ।

असोज ३ गने सूचना जारी गर्दै पछिल्लो पटक फेरी जिल्ला प्रशासनले बिहान ९ देखि दिउँसो ३ बजे सम्म उद्योग व्यवसाय संचालन गर्ने गरी निषेधाज्ञा जारी गरेको थियो । व्यवसायी मारमा परेको र दिनभर व्यापार व्यवसाय संचालन गर्न दिन धादिङ उद्योग वाणिज्य संघले अनुरोध गरे बमोनिम बेलुका ८ बजे सम्म बजार खुल्ला हुने भएको हो ।

व्यवसायीहरुलाई सूचीत गर्दै उद्योग वाणिज्य संघले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरी उद्योग व्यवसाय संचालन गर्न आग्रह गरिएको समेत धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीले धादिङपोष्टलाई बताउनु भयो ।