धादिङमा आज २५ जनामा कोरोना पुष्टि

Avatar photo
Dhadingpost
कार्तिक १६, २०७७

धादिङ कार्तिक १६ । धादिङ जिल्लामा आज २५ जना कोरोना भाईरस संक्रमित भएको पुष्टि भएको छ । जसमा १७ बर्षदेखी ७० बर्ष उमेर समुहका ९ जना महिला र १६ जना पुरुष छन् ।

आज थपिएका संक्रमितहरुमा धादिङको गजुरी गाउँपालिकाका ९ जना, नीलकण्ठ नगरपालिकाका ६ जना, धुनिबेशी नगरपालिकाका ३ जना लामुखीका ३ जना, बेनिघाट रोराङका २ जना, त्रिपुरासुन्दरी र गंगाजमुनाका ११ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङ जनाएको छ ।

यो सँगै धादिङ कोरोना संक्रमितको संख्या ११३० जना पुगेको छ ।