
धादिङ कार्तिक १६ । धादिङ बेनीघाट रोराङ गाउँपालिका स्थित विशालटारमा रहेको केशव बिसुराल स्मृति प्रतिष्ठानलाई बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेले व्यक्तिगत ५० हजार आर्थिक सहयोग गर्नुभएको छ ।
गत पुसमा निधन भएका नेकपा धादिङका नेता स्वर्गिय केशव बिसुरालको शव अन्त्यष्टिका क्रममा नेताहरु संघीय सांसदहरु भुमि त्रिपाठी, खेमप्रसाद लोहनी, शालिकराम जमकट्टेले प्रतिष्टान गठन गर्ने र प्रतिष्ठानलाई व्यक्तिगत तथा संस्थागत आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाए अनुसार आईतबार मन्त्री जमकट्टेले ५० हजारको चेक हस्तान्तरण गर्नु भएको राष्ट्रिय युवा संघ धादिङका इन्चार्ज चन्द्रबहादुर सिलवाल (मिलन) ले धादिङपोष्टलाई बताउनु भयो ।
प्रतिष्ठानको बिशालटारमा भएको बैठकमा आज उपस्थित संघीय सांसदहरु भुमि त्रिपाठी, खेमप्रसाद लोहनीले समेत तत्काल ५०/५० हजार प्रतिष्ठानको बैंक खातामा रकम जम्मा गर्ने बताउनु भएको समेत सिलवालले बताउनस भयो ।
