धादिङमा कोरोना संक्रमितको संख्या ११०५ पुग्यो, आज ४ जना थपिए

Avatar photo
Dhadingpost
कार्तिक १५, २०७७

धादिङ कार्तिक १५ । धादिङमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या १ हजार १०५ जना पुगेको छ जसमा ४ जना आज थपिएका हुन् ।

आज थपिएका संक्रमितहरुमा धुनीबेसी नगरपालिका वडा नं ७ का ६२ वर्षिय पुरुष, ५९ वर्षिया महिला, २ वर्षिया बालिका र गजुरी गाउँपालिकाका ६३ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।