
धादिङ कार्तिक १५ । धादिङको खनियाबास गाउँपालिका २ झार्लाङ मेयम टोलबाट काँग्रेस र जनता समाजवादी पार्टीका कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेस गरेका छन् ।
चाडपर्व विशेष शुभकामना आदान प्रदान कार्यक्रमका बीच शुक्रबार काँग्रेस र जनता समाजवादी पार्टीका कार्यकर्ताहरु ईशाक (माईकम), प्रकाश तामाङ, शामुएल तामाङ, अबिनाश (याकुब), प्रेम तामाङ, कान्छा (गर्चो), ईलिसिबा तामाङ, किस्ना तामाङ, राम ब तामाङ, अरबिन तामाङ लगायत रहेको नेकपा नेता सेक्केमान तामाङले धादिङपोष्टलाई जानकारी दिनु भयो ।
