
धादिङ कार्तिक १४ । धादिङकाे धुनीबेसी खड्का गाउँमा जुवाखेलि रहेकाे अवस्थामा छापामारी बिहिबार ४ जना पक्राउ गरेकाे प्रहरीले शुक्रबार नौबिसेमा रहेको राधेश्याम बानियाँले संचालन गरेको सुहाना म.म. पसलमा जुवातास खेलिरहेका ८ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी खानिखोलाको प्रहरी टोलिले विशेष सुचनाको आधारमा छापा मार्दा जुवातास खेलीरहेका ८ जनालाई पक्राउ गरिएकाे जनाएकाे छ ।
निजहरुको साथबाट नगद रू.९७,५६५ सहित अन्दाजि १०० लिटर घरेलु मदिरा समेत बरामद गरिएको प्रहरीले जनाएको छ । निजहरुलाइ हाल ईलाका प्रहरी कार्यलय खानिखोलामा राखिएको छ।हिजो धुनबेसी न पा ९ खड्का गाउँ बाट पक्राउ पर्ने ४ जनालाइ जिल्ला प्रहरी कार्यलय धादिङ चलान गरिएको बताईएकाे छ ।
पक्राउ पर्नेहरु
नौबिसेका बर्ष २७ का सुमन लामा, बर्ष ५१ का अजय दोङ, खानिखोला बस्ने बर्ष ६० का सिंह ब लामा, बर्ष ३७ का रघुनाथ भण्डारी, बर्ष ४२ का बिनोद भण्डारी बर्ष ४१ का निरन्जन पान्डे, धार्के बस्ने बर्ष ३७ को रमेश आचार्य लगायत छन् ।
