कृषिमा विश्व बैंकको ९ अर्ब ४४ करोड आउँदै

Avatar photo
Dhadingpost
कार्तिक १३, २०७७

काठमाडौं कार्तिक १३। नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले ९ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ ।

नेपालको कृषि क्षेत्रको पुनरुत्थान तथा त्यसमा रोजगारीको अवसर सृजना, ग्रामीण बजारको सम्पर्क सञ्चार विस्तार तथा उद्यमशीलता प्रवद्र्धन गर्न बैंकले उक्त रकम ऋण स्वारुप उपलब्ध गराउने भएको हो ।

नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउन तथा सार्वजनिक– निजी साझेदारीको भावना प्रवद्र्धन गर्न ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना सहयोगी हुने विश्वास बैंकले गरेको छ ।