
रामचन्द्र थापा
धादिङ कार्तिक १३ । धादिङको धुनीबेसी नगपालिका ६ धार्केमा रहेको खाजा घरमा आगलागी भएको छ ।
थाक्रे गाउँपालिका ९ केवलपुर घर भएका केदार नाथ पाण्डेको घरमा रहेको रामकुमार श्रेष्ठद्वारा संचालित खाजा घरमा आज बिहान ६ बजेको समयमा आगलागी भएको प्रहरीले जनाएको छ ।
खाना पकाउने ग्यास सिलिन्डर लिक भएर भएको उक्त आगलागीबाट मिरा श्रेष्ठको अनुहार, दुईवटै हातमा र बायाँ खुट्टामा आगोले जलेको छ । घाइते श्रेष्ठलाई धार्के स्थित शिव दर्शन अस्पताल सामान्य उपचार गरि थप उपचारको लागि काठमाडौ स्थित ट्रमा सेन्टर पठाईएको छ ।
आगलागी दमकल, ईलाका प्रहरी कार्यलय खानिखोलाबाट आएको प्रहरी, र सोही ठाँउका स्थानीयहरुको सहयोगमा नियन्त्रणमा थियो ।
