धादिङमा कोरोना संक्रमित १०८९ पुग्यो, आज २ जना थपिए

Avatar photo
Dhadingpost
कार्तिक ११, २०७७

धादिङ कार्तिक ११ । धादिङ जिल्लामा आज २ जना थपिए सँगै कोरोना संक्रमित १ हजार ८९ जना पुगेको छ ।

आज धादिङमा त्रिपुरासुन्दरी गाउँपालिकामा १ जना र सिद्धलेक गाउँपालिकामा १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा रहेका कुल संक्रमित मध्य ४९९ जना निको भएर घर फर्कि सकेका छन् भने ११ जनाको मृत्यु भएको छ ।