धादिङमा कोरोना संक्रकितको संख्या १०८७ पुग्यो, आज ३ जना थपिए

Avatar photo
Dhadingpost
कार्तिक १०, २०७७

धादिङ कार्तिक १० । धादिङमा आज विजया दशमी पर्व अन्तरगत टीकाको दिन ३ जना संक्रमितहरु थपिएको छन् । यो सँगै धादिङमा संक्रमितको संख्या १ हजार ८७ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

आज थपिएका संक्रमितहरुमा धुनीबेसी नगरपालिकामा १ जना, गल्छी गाउँपालिकामा १ जना र गंगाजमुना गाउँपालिकामा १ जना रहेका छन् ।