
धादिङ कार्तिक ९ । धादिङमा कोरोना संक्रमितको संख्या १ हजार ८४ जना पुगेको छ, जसमा आज १८ जना थपिएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार आज थपिने संक्रमितहरुमा गल्छी गाउँपालिकाका १५ जना र ज्वालामुखी गाउँपालिकाका ३ जना रहेका छन् ।
धादिङमा हाल सम्म संक्रमित मध्य ११ जनाको मृत्यु भएको छ भने, ४९९ जना निको भएर घर फर्कि सकेका छन् ।

