थाक्रे सिमपानीमा सडकको नालामा शव फेला

Avatar photo
Dhadingpost
कार्तिक ८, २०७७

रामचन्द्र थापा
धादिङ कार्तिक ८ ।
धादिङ जिल्ला थाक्रे गाउँपालिका स्थित त्रिभुवन राजपथको सिमपानीमा सडकको नालामा घोप्टो परेको अवस्थामा शव फेला फेला परेको छ ।

सडकको नालामा गोप्टो परेको अवस्थामा भेटिएको शव थाक्रे गापा ७ सात घुम्तीका ७० वर्षिय नारायण थापा मगर भएको प्रहरी पोस्ट हाप्सेचौरले जनाएको छ ।

शनिबार बेलुका ९ बजे फेला परेको उक्त शव पोष्टमार्टमको लागि काठमाडौ महाराजगन्ज स्थिति टिचिङ अस्पताल पठाईएको प्रहरलिे जनाएको छ ।