
धादिङ कार्तिक ८ । धादिङ जिल्लामा कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या १ हजार ३६ जना पुगेको छ । जसमा १७ जना शुक्रबार थपिएका हुन् । हाल सम्म संक्रमित धादिङ जिल्लाका १२ जनाले ज्यान गुमाएका छन् भने निको भएर घर र्कनेको संख्या ४९९ जना पुगेका छन् ।
धादिङमा संक्रमित विवरण
- नीलकण्ठ नगरपालिकामा ३ सय ४६ जना
- गल्छी गाउँपालिकामा १ सय ७ जना
- त्रीपुरासुन्दरी गाउँपालिकामा ९३ जना
- बेनिघाट रोराङ गाउँपालिकामा ७८ जना
- ज्वालामुखी गाउँपालिकामा ७२ जना
- गजुरी गाउँपालिकामा ६२ जना
- थाक्रे गाउँपालिकामा ६० जना
- धुनीबेसी नगरपालिकामा ४२ जना
- सिद्धलेक गाउँपालिकामा ३१जना
- नेत्रावती डबजोङ गाउँपालिकामा २९ जना
- खनियाबास गाउँपालिकामा २८ जना
- गंगाजमुना गाउँपालिकामा २४ जना
- रुविभ्याली गाउँपालिकामा १२ जना
- धादिङ घर भएका अन्य ठेगाना नखुलेका ८ जना
- धादिङ अस्पतालका ५५ जना
- स्वास्थ्य कार्यालय धादिङका ४ जना

