बेनीघाट रोराङमा दशैं विशेष फुटबल सम्पन्न, विजेतालाई खसी पुरस्कार

Avatar photo
Dhadingpost
कार्तिक ७, २०७७

धादिङ कार्तिक ७ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित तल्लो काउलेमा अन्तर क्लव स्तरीय दशैं विशेष फुटबल प्रतियोगिता सम्पन्न भएको छ जसमा विजेतालाई पुस्कार स्वरुप खसी प्रदान गरिएको छ ।

मल्टिी स्टार युवा क्लवले आयोजना गरेको उक्त प्रतियोगितामा जबाङ युवा समाज बेनीघाट रोराङ १० विजेता र बेनीघाट रोराङ कै हाइ वे स्पोर्टस कल्व उप विजेता भएका थिए । विजेता र उप विजेतालाई आयोजकले पुरस्कार स्वरुप खसी प्रदान गरेको थियो ।

दुई दिन सम्म चलेको उक्त प्रतियोगितामा धादिङको बेनीघाट रोराङ, गोरखाको ग०डकी गाउँपालिका र चितवनको इच्छा कामना गाउँपालिकाबाट ११ टिमले सहभागिता जनाएका थिए ।

हाइ वे स्पोर्टस कल्वका अध्यक्ष तथा धादिङका पुराना फुटबल खेलाडी मध्यका एक विनोद शाहको प्रमुख आतिथ्यता र आदिवासी जनजाती महासंघ बेनीघाट रोराङका अध्यक्ष विकास चेपाङको विशेष आतिथ्यतामा एक विशेष कार्यक्रमका बीच विजेतालाई पुरस्कार प्रदान गरिएको थियो ।