
धादिङ कार्तिक ६ । धादिङका ३४ जना कोरोना संक्रमितहरुले काठमाडौबाट स्वास्थ्यकर्मी झिकाएर बुधबार पीसीआर परिक्षण गराएका छन् ।
कोरोना पोजेटिभ देखिए सँगै धादिङबेसी स्थित क्रिक रिसोर्ट र होम आईसोलेशनमा बसेका ३४ जनाले काठमाडौंबाट स्वास्थ्यकर्मी बोलाएर पटक पीसीआर परिक्षण गराएका हुन् ।
पीसीआर परिक्षण गराउनेमा ७ दिन देखि १२ दिन सम्म क्रिक रिसोर्ट र होम आईसोलेशनमा बस्ने संक्रमितहरु रहेका छन् । स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयले पुन: स्वाव परिक्षण नगराए पछि नीजि अस्पतालका स्वास्थ्यकर्मी बोलाएर परिक्षण गराएका हौं, एक संक्रमितले धादिङपोष्ट सँग बताए ।
काठमाडौंबाट स्वास्थ्यकर्मी बोलाएर पीसीआर परिक्षणको लागि स्बाव संकलन गरिएको आफुलाई थाहा नभएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. भुुवन पौडेल बताउनु हुन्छ । हामीले पहिलो चरणको स्बाव संकलन परिक्षण गराएका हौ । पोजेटिभ आएकाहरुको पुन स्बाव परिक्षण गर्नु पर्दैन १४ दिन आईशोलेसनमा बसेर स्वतः डिस्चार्ज हुने हो प्रमुख पौडेलले बताउनु भयो ।
धादिङ दशैं अगाडी पीसीआर नहुने
धादिङमा बुधबार मात्रै १०१ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरुको सम्पर्कमा रहेका मान्छेहरु र अन्य लक्ष्यण देखिएका व्यक्तिहरुको पिसिआर परिक्षण अन्यौल बनेको छ । स्रोतका अनुसार तत्काल अर्को निर्यण भएन भने अब धादिङमा दशैं अगाडी पीसीआर परिक्षणको लागि स्बाव संकलन हुँदैन । बिरामी नै भएर अस्पतालमा उपचारका लागि आएकाहरुको हकमा भने स्वाव संकलन हुन सक्ने स्रोतले बतायो ।

