धादिङमा आज २० जना थपिए, कोरोना संक्रमितको संख्या ८९९ पुग्यो

Avatar photo
Dhadingpost
कार्तिक ४, २०७७

धादिङ कार्तिक ४ । धादिङमा आज २० जना थपिए सँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ८९९ जना पुगेको छ ।

आज संक्रमित हुनेमा नीलकण्ठ नगरपालिका वडा नं ३ का २५, ४१,४८,५१,५६ वर्षिय पुरुष, ३४ वर्षिय महिला, वडा नं ९ की २३ वर्षिय महिला र वडा नं १० की ३४ वर्षिय महिला छन् ।

यस्तै बेनिघाट रोराङ गाउँपालिका वडा नं २ की २६,२४,२७ वर्षिय महिला, २८ वर्षिय पुरुष, वडा नं ५ का ४३ वर्षिय पुरुष र ३७ वर्षिय महिला, नेत्रावती डब्जोङ गाउँपालिका वडा नं १ का २५ वर्षिय महिला, वडा नं २ का ३७ वर्षिय पुरुष, वडा न. ४ का ५१ वर्षिय पुरुष, गल्छी गाउँपालिका १ का २३,३५ वर्षिय पुरुष र ज्वालामुखी गाउँपालिका वडा नं २ का २५ वर्षिय पुरुष छन् ।

हाल सम्म धादिङमा कुल संक्रमित मध्य ९ जनाको मृत्यु भएको छ भने निको भएर घर फर्किनेको संख्या ४५७ जना पुगेको छ ।