धादिङका ११८ खाद्यान्न पसल अनुगमन, ३ वटा कार्वाहीमा

Avatar photo
Dhadingpost
कार्तिक ३, २०७७

धादिङ कार्तिक ३ । दशैं पर्वलाई लक्ष्यित गर्दै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्ल लगायतको टिमले धादिङबेसीका ११८ पसलहरु अनुगमन गरेको छ ।

१० दिन लगाएर गरिएको उक्त अनुगमनमा ११८ वटा खाद्यान्न पसल अनुगमन गरिएको थियो जसमा ३ वटा पसलहरुलाई जरिवाना सहितको कार्वाही गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ ।

जसमा एउटा ५ हजार, १० हजार र ५० हजार जरिवाना लगाईएको समेत घरेलुले जनाएको छ ।
अनुगमनमा मुल्य सूची नराख्न पसलहरुलाई तत्काल मुल्यसूची राख्न निर्देशन दिएको र म्याद गुज्रेसका सामाग्री बरामद गरिएको थियो