
धादिङ कार्तिक २ । धादिङको धुनीबेसी नगरपालिकाको भवन निमार्ण कार्य थालनी स्वरुप जुगेडीमा शिनान्यास भएको छ । एक कार्यक्रमका बी पूर्व स्थानिय विकास मन्त्री तथा धादिङका प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डेले शनिबार नगरपालिका भवनको शिलान्यास गर्नु भएको हो ।
साविकको नौविसे, जीवपुर र छत्रेदेउराली गाविसलाई गाभेर धुनिवेशी नगरपालिका पृथ्वी राजमार्गबाट ५०० मिटर भित्र रहेको जुगेडीमा साढे चार तले भवन ४० हजार एक सय ३० स्क्वायर फिट क्षेत्रफल तथा ३९ वटा कोठा भएको भवन निमार्ण हुने बताईएको छ ।
२ वर्षमा निमार्ण गरिने उक्त भवनको लागत ३० करोड रहेको छ । अहिले १५ करोडमा ठेक्का खोल्दा ९ करोड ५२ लाख ३५ हजार ५ सय ५९ रुपैयाँमा रबीन अबिशा बीकन जे भि ले ठेक्का पारेको हो । भवनमा सभा हल, बैठक कक्ष, प्रमुख, उपप्रमुखको कार्यकक्ष, सचिवालय, प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्ष सहित विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरुको कार्यकक्ष हुने छ ।
