धादिङमा कोरोना संक्रमित ७९० पुग्यो, आज थपिए १० जना

Avatar photo
Dhadingpost
अशोज ३०, २०७७

धादिङ असोज ३० । धादिङमा पछिल्लो २४ घण्टामा १० जनालाई कोरोना संक्रमण भएको पुष्टि भए सँगै संक्रमितको संख्या ७९० जना पुगेको छ ।

आज थपिएका १० जनामा नीलकण्ठ नगरपालिकामा २ जना, धुनीबेसी नगरपालिकामा ३ जना, थाँक्रे गाउँपालिकामा ३ जना, बेनीघाट रोराङमा र त्रीपुरा सुन्दरी गाउँपालिकामा १-१ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयलले जनाएको छ ।

जसमा धुनिबेसी नगरपालिका वडा नं ५ का ३ वर्षिय बालिका, २४ वर्षिय महिला, २२ वर्षिय पुरुष, थाक्रे गाउँपालिका वडा नं ४ का २२, २३ वर्षिय पुरुष, वडा नं ९ का ३४ वर्षिय पुरुष, नीलकण्ठ नगरपालिका वडा नं ६ का ४१ वर्षिय पुरुष, वडा नं ४ का ७० वर्षिय पुरुष, त्रीपुरासुन्दरी गाउँपालिका वडा नं ६ का ४९ वर्षिय पुरुष र बेनीघाट रोराङ गाउँपालिका वडा नं ७ की २२ वर्षिय महिला छन् ।

धादिङको कुल संक्रमित ७९० मध्ये ७ जनाको मृत्यु भएको छ भने ४२२ जना निको भएर घर फर्कि सकेका छन् ।