
धादिङ असोज २९ । धादिङमा कोरोना संक्रमितको संख्या ७८० जना पुगेको छ जसमा १३२ जना पछिल्लो २४ घण्टामा थपिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
आज थपिएका संक्रमितहरुमा नगरपालिकाका ९९ जना (हिजो साँझको समेत), बेनिघाट रोराङका ९ जना, गजुरीमा ८ जना, ज्वालामुखीमा ६ जना, रुवीभ्यालीमा ३ जना, सिद्धलेकमा ३ जना, खनियाबासका १ जना, गंगाजमुनामा १ जना, त्रिपुरासुन्दरीमा १ जना र थाक्रेमा १ जना गरी १ सय ३२ जना रहेका छन् ।
संक्रमितहरुमा ८ बर्षदेखी ७० बर्ष उमेर समुहका ५४ जना महिला ७८ जना पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । संक्रमित मध्य ७ जनाको मृत्यु भै सकेको छ भने ४ सय १५ जना निको भएर घर फर्कि सकेका छन् ।

