
रामचन्द्र थापा
धादिङ असोज २९ । धादिङको थाक्रे गाउँपाकिला सातकिला स्थित पृथ्वी राजमार्गमा कारले मोटर साईकललाई ठक्कर दिँदा गम्भीर घाईते मोटरसाईक चालकलाई नर्भिक अस्पताल लगिएको छ ।
बिहिबार दिउँसो १ः३० बजे काठमाडौबाट चितवन तर्फ जाँदै गरेको प्रदेश ३-०२-००९ प. ४०७५ नम्बरको मोसालाई गजुरीबाट काठमाडौ तर्फ जाँदै गरेको बा ७ च १५४५ नम्बरको कारले ठक्कर दिंदा मोटर साईकल चालक धनुषा लक्ष्मणिया ४ का ३० वर्षिय सोनु साह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । कार चालक फरार रहेकोले खोजी भैरहेको समेत प्रहरीले जनाएको छ ।
