नेपालमा कोरोना संकट जटिल बन्दै, थप सावधानीको खाँचो

Avatar photo
Dhadingpost
अशोज २७, २०७७

पछिल्लो समय नेपालमा कोभिड–१९ को संक्रमण अकल्पनिय रुपमा बढ्दै गएको छ । सुरुवाती दिनमा अन्य मुलुक आक्रान्त बनिरहँदा हामी हौसिएर बस्यौं कि हाम्लाई कोरोनाले छुनै सक्दैन जसरी । तर पछिल्लो अवस्थाले डरलाग्दो संकेत गरि रहेको छ ।

सुरुमा १–२ केस देखिँदा लकडाउन गरियो, तर प्रभावकारिता देखिएन, साँच्चै भन्नू पर्दा लकडाउनको समयलाई जुन रुपमा सदुपयोग गर्नुपर्ने थियो सरकारले त्यो गर्न सकेन । परिणाम आज दुन २ गुणा रात ४ गुणाको दरमा संक्रमण फैलिरहेको छ । लामो समयको लकडाउन अनि निशेध्यज्ञाले गर्दा जनता चरमतामा रुमल्लिन बाध्य भए, मनिसहरुको रोजिरोटी बन्द भयो भने देशको अर्थतन्त्र नराम्रो सँग धरासायी बन्न पुग्यो । सिधा अर्थमा भन्नू पर्दा कोरोना नियन्त्रणको सवालमा सरकार नराम्रो संग चुक्न पुग्यो जसको परिणाम लकडाउन र निशेध्यज्ञाको वावजुद पनि मुलुकको अवस्था झन्–झन् कहालि लाग्दो अबस्थामा धकेलिन पुग्यो ।

संक्रमणको दर यति तिब्र फैलदै छ कि कोरोनाको उद्गम स्थल अनि नेपाल भन्दा ४७ गुणा बढी जनसंख्या भएको चिनलाई नै उछिन्न पुगेको छ । अहिले सम्म कुल १ लाख १० हजार भन्दा बढी संक्रमित पुगिसके भने ६ सय ४५ भन्दा बढिले ज्यान गुमाईसकेका छन । यहि तरिकाले फैलदै जाने हो भने आगामी दिन कस्तो होला सोच्न सकिने अवस्था रहेन ।

त्यसोत ५० लाख भन्दा बढी जनसंख्या बसोबास गर्ने काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको अवस्था जटिल बन्दै गएको छ । अहिले सक्रिय संक्रमितको संख्या मध्य ५५ प्रतिशत भन्दा बढी उपत्यका भित्रै देखिएको छ । अब धमाधम चाडवाड सुरु भैरहँदा उपत्यका छोडेर बाहिरिनेहरु ह्वात्तै बढेको छ । यो भिड संक्रमण सँगै बाहिरिएमा बाह्य जिल्लाहरुको अवस्था पनि उपत्यकाकै जस्तो नहोला भन्न सकिन्न यदि त्यसो भएमा हाम्रो संयन्त्रले कसरी धान्ला अनि काम गर्ला ठूलो चुनौतिको बिषय बनेको छ ।

त्यसोत सरकारको संयन्त्रको पछिल्लो अभिव्यक्तिले जनमानसलाई अझै त्रसित बनाएको छ । विश्वलाई नै चुनौती बनेको कोरोना कसैलाई संक्रमण भएमा जटिल अवस्थामा मात्र हस्पिटल आउ भन्ने तर्कले राज्य जनता प्रति उत्तरदायी छैन भन्ने आभास गराएको छ । यस्ता गैर जिम्मेवार पुर्ण अभिव्यक्ति सरकारबाट भुलेर पनि नदोहोरियोस् । संकट टार्न सरकार र जनताको सहकार्य बिना असम्भ छ ।

त्यसैले सरकाले देशमा सरकार छ बहन्ने महसुसका साथ सक्दो पहल गर्नु आवश्यक छ भने हामी जनतले पनि बिकराल परिस्थिको गम्भीरताबोध संगै पर्याप्त सतकर्ता अपनाउनु पर्ने अपरिहार्य देखिन्छ । सुरुवाती चरण नै जोखिमपूर्ण क्षेत्रमा आउने–जाने बीच आवश्यक कडाई नगर्दा अनि लामो लकडाउन र निशेध्याज्ञको बीचमा सरकारी तवरबाट कुनै ठोस सुरक्षात्मक व्यवस्था गर्न नसक्दा स्थिति काबुबाहिर गएको छ । पछिल्लो समय देश भर जुन रुपमा संक्रमण फैलदै गएको छ त्यसको आधा भन्दा बढी काठमाडौं उपत्यकामै देखिदै आएको छ ।

कोरोना कहर त छनै, यो बीचमा अन्य जटिल रोगका बिरामी पनि उतिकै बढिरहेको जसले गर्दा उपचार अझै जटिल बन्दै गएको छ । कृटिकल उपचार कक्ष खालि छैनन्, भेन्टिलेटर खाली छैन, जस्को कारण जटिल बिरामी समेत सामान्य उपचार कक्षमा राखेर उपचार गराउनु पर्ने वाध्यात्मक अवस्था निम्तिएको छ जस्ले गर्दा मृत्युदरलाई बढावा मिलेको बिज्ञहरुले तर्क दिन थालेका छन् । देशभरका सबै अस्पतालमा गरी १५५१ सघन उपचार बेड र ७७० भेन्टिलेटर रहेको तथ्यांकले देखाउँछ ।

के अहिलेको विषम परिस्थितिमा हामीलाई यो पर्याप्त छ ? बिल्कुल छैन त्यसैले सरकार अनि निजि क्षेत्र मिलेर सघन उपचार कक्ष, भेन्टिलेटर अनि अक्सिजनको भरपुर उपलब्धताको लागि यथा शिघ्र पहल गर्नु जरुरी छ । सरकारले बिरामीको जीवन बचाउन अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटरको संख्याको साथै तत्कालको योजनामा कोरोना अस्पताल समेत बढाउनुपर्छ । तर वैल्पिक योजना अझै किन आउन सकेको छैन ।

यो तत्काल रोकिने भाईरस होईन र यसको लागि आवश्यक खोप पनि तत्काल आईहाल्ने अवस्था छैन । पूरा विश्व नै कोरोना खोप केन्द्रीत हुँदा समेत खोप सफल हुन नसक्नु विज्ञानको लागि समेत ठूलो चुनौती बनिरहेको अवस्थामा हामी साना मुलुकले अलिकती सजग नबन्ने हो भने प्रत्येक घर कोरोना ग्रस्त बन्ने निश्चित छ । त्यसो त विश्व बजारमा खोप आईहाल्यो भने पनि हामी कहाँ त्यसको उपलब्धता हुन निकै समय लाग्ने निश्चिति छ कारण हाम्रो सरकारी संयन्त्र यता तिर संवेदनशिल देखिएको छैन नत निजि क्षेत्रलाई नै प्रोत्साहन गरिरहेको छ सहजताको लागि । त्यसैले हामी जनता अफै भरपुर सचेत हुनुको विकल्प छैन ।

अब हामी नागरिकले सरकारको मात्र भर पर्न हुन्न, सरकारलाई दबाव दिदै आफै जिम्मेवार बनेर कोरोना संग जुध्न हामी आफै तयार हुनुपर्छ हामी दशै, तिहार, छठ जस्ता ठुला चाड पर्वको संघारमा छौं । यस्तो अवस्थामा अलिकती पनि सचेत नहुने हो भने त्यसको असर हामीले सोचेभन्दा बढी भोग्नुपर्ने हुन सक्छ ।

पहिला जस्तो रमझम सहित भेटघाट र झम्घटलाई भुलेर जहाँ छौ त्यहि बसेर मात्र परिवारको साथ चाडवाड मनाउनु पर्छ । हामी स्वस्थ्य रहयौ भने आगामी वर्षहरुमा धुमधामले मनाउन सकिन्छ भन्ने कुरा मनन गरौं । सरकारले पनि बारम्बार अग्रह गरिरहेको छ चाडवाडमा उच्च संयमता अपनाउन, यो एक मनन योग्य कुरा हो ।

हामी जनताको लागि तर यती भनिरहँदा सरकारले यो ८र९ महिनाको बीचमा जुन तरिकाको अकर्मन्यता देखायो यस्तै रहने हो भने हामी जनता अनि सरकार सबैको पहल पनि सार्थक नहुन सक्छ त्यसैले सरकर जनताको स्वास्थ्यको सवालमा खुल्ला रुपमा लागि परेको देख्न पाईयोस् ।

समग्रमा अहिलेको संक्रमणकालिन समयमा सरकारको सम्पुर्ण ध्यान नागरिकको स्वास्थ्य बचाउमा केद्रित भएको हेर्न सम्पुर्ण जनता आतुरछन् । त्यसो त अहिले देशभरका निजि तथा सामुदायिक अस्पताल र सरकार बीचको राम्रो तालमेल भएको देखिदैन । अनि सरकारले उनिहरुलाई प्रेरित गरेको पनि देखिदैन ।

यसतर्फ ध्यान दिदै स्वास्थ्य क्षेत्रमा खटिने फ्रन्टलाईनर जनशक्ति र उनिहरुको व्इक्तिगत सुरक्षा साधनको लागि समेत भरपुर व्यवस्थाको तत्काल व्यवस्था गर्न सरकार लागिपर्नु नितान्त आवश्यक छ । अनियंत्रित रुपमा बढ्दै गएको संक्रमण कम गर्न सरकारले परिक्षणको दायरा अझै व्यापक बनाउनुपर्छ भने ट्रेसिङलाई व्यापक बनाउनु त्यतिनै जरुरी देखिन्छ । साथै कडाईका साथ नागरिकहरूलाई भौतिक दुरी, अनिवार्य मास्कको प्रयोग, सावर्जनिक सवारी, सडक पसलहरूमा दूरी कायम गरे–नगरेको अनुगमनको लागि चुस्त निकाय खडा गर्नु आवश्यक छ ।

यस्तो अवस्थामा सरकारमा बस्नेहरु २४ सै घण्टा यसको व्यवस्थापन र नियन्त्रण मुखी अभियानमा तल्लिन हुनुपर्ने हो तर यहाँ चिन्ता यो छकी राज्य सत्ता राजनीतिक गुट र उपगुटको किचलोमा रुमल्लिएको छ । उता सत्ता बाहिरका अवसरवादी दलहरु वेमौसमी बाजा बजाउदै पार्टी प्रवेशको र्यालीमा व्यस्त छन् ।

यस्तो गैरजिम्मेवार हाम्रो राजनितीबाट जनताले के अपेक्षा गर्ने रु सुरक्षा मापदण्ड बिपरित गरिएका यस्ता स्वार्थ सिद्ध राजनितिक भेलाबाट थप अरु कति संक्रमण फैलिएला कस्ले सोच्ने ? यस्ता कुरामा सरकार अनि प्रतिपक्षी दलहरुबाट संबेदनशिलताको हेक्का राख्नु पर्ने होईन र ? अब सोचियोस कि जटिल परिस्थितिलाई सामन्य बनाएर जनजिवनलाई कसरी सहजतामा धकेल्न सकिन्छ ।

कोरोनाकै कारण जनता आर्थिक संकटमा फस्दैछन, दैनिक ज्यालादारिमा काम गर्नेहरु त झनै चपेटाम परेका छन । हातमुख जोहो गर्न धौ धौ परिरहेको अवस्था छ । यस्तो अवस्थामा सरकारको दायित्व के हुन सक्छ भन्ने महसुस राज्यतहबाट हुन नसक्नु निकै दुखदाई कुरा हो ।

खुल्ला मंच को खुल्ला आकश मुनि लाम लागेर सामाजिक संस्था र परोपकारी समुहले बाड्ने खानाको पत्खाईमा होस वा मुलुकको अन्य भु भागमा होस यस्ता समस्यामा परेकालाई तत्काल राहतको प्याकेज उपलब्ध गराएर देशमा सरकार छ है भन्ने महसुस गराउनु सरकारको दायीत्व हो यसबाट सरकार चुकेको आभास आम जनताले गरेका छन् यो चरमतालाई सरकारले तत्काल सम्बोधन गर्नु जरुरी छ ।

उनिहरुलाई सरकारले पैसा नै बाड्नुपर्छ भन्ने छैन स्थानीय सरकारको रोहबरमा लगत संकलन गरि खाध्यान्न तथा अन्य आवश्यकिय वस्तुको व्यवस्था गर्न सकिन्छ । हाम्रो जस्तो कुल गार्हस्थ उत्पादन ८२ प्रतिशद उपभोग्य वस्तुमा आधारित अर्थतन्त्र जिवन्त हुन रोजगारीको कति महत्व होला, तर अहिले त धमाधम रोजगारी गुमिरहेको छ ।

व्यापार छैन, व्यापार नभएसी कामदार कहाँबाट राख्नु, रोजगारी गुमेपछि घर कसरी चलाउनु ? जति आम्दानी उति वस्तु उपभोग गर्न सकिने हो । रोजगारी गुमिसकेपछि खर्च धान्न नसक्दा मान्छेहरु मितव्ययी बन्छन, आयश्रोतको उथल पुथलले पारिवारिक खानपिन, स्वास्थ्य उपचार, शिक्षा पोषण कुरामा ह्रास आई मनिसमा अन्य समस्या निम्तन सक्छ सरकारले बेलैमा यस तर्फ ख्याल गर्नु आवश्यक छ ।

अन्तमा उपभोग नहुँदा उत्पादन कटौती, आयातित वस्तुको माग घट्दा वस्तु आयातमा कम गर्छन् व्यवसयीहरुले, जसको प्रत्यक्ष असर रोजगारी कटौती सम्म पुग्छ जसको प्रभाब स्वरुप राज्यले नागरिकलाई प्रदान गर्ने अन्य सुबिधामा ह्रास आउन जान्छ जस्को दुरगामी असर राज्य संगै हामी जनताले भोग्नु पर्छ । त्यसैले कोरोना सँग बच्दै राज्य, निजि क्षेत्र अनि जनता सबै मिलि तत्कालको आधारभुत समस्या समाधनमा दत्त चित्तका साथ लागि परि यसबाट भविश्यमा पर्न सक्ने दिगो असरलाई रोक्न पहल गर्नु पर्ने देखिन्छ ।