रोबाङ चेपाङ बस्तीमा बिद्युतीकरण सम्पन्न

Avatar photo
Dhadingpost
अशोज २७, २०७७

धादिङ असोज २७ । धादिङको बेनीघाट रोराङ गाउँपालिका पृथ्वीराजमार्ग देखि दक्षिण महाभारत सम्म फैलिएको पालिका हो ।

भौगोलिक विकटताको कारण यस गाउँपालिकामा अझै धेरै स्थानहरुमा विद्युतीकरणले पूर्णता पाउन सकिरहेको छैन, भने पृथ्वी राजमार्ग देखि १३ किलो मिटर टाढा रहेको रोबाङ चेपाङ बस्तीमामा गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) ले सोमबार बल्व बालेर विद्युतको उद्घाटन गरे सँगै बिद्युतीकरण सम्पन्न भएको छ ।

गाउँपालिकाले २५ लाख खर्च गरेर यस गाउँमा विजुली बत्ती बालेको हो । बिद्युतीकरण पुरा भए सँगै यहाँका ७२ घरधुरी चेपाङहरु लावान्भित भएको वडा अध्यक्ष सुरेश मल्लले धादिङपोष्टलाई बताउनु भयो ।