
धादिङ असोज २५ । धादिङको बेनिघाट रोराङ गाउँपालिका क्षेत्रका विद्यालयहरुमा सुरु भएको पठन पाठन असोज ३० गते सम्मको लागि बन्द गरिएको छ ।
गाउँपालिकामा कोभिड संक्रमितहरुको संख्या बृद्धि भए सँगै विद्यालयमा पठन पाठन बन्द गरिएको गाउँपालिकाका शिक्षा अधिकारी बोदराज पाठकले धादिङपोष्टलाई बताउनु भयो ।
पाठकका अनुसार गाउँपालिका भित्र रहेका विद्यालय बन्द गरिए पनि विद्यालय स्तरीय कक्षा ११ को परिक्षा भने स्थगित गरिएको छैन ।
