गजल

Avatar photo
Dhadingpost
अशोज २५, २०७७

जिन्दगी ! तँ आफैं दिन्छस आँसुको आहाल घरिघरि
र सोध्छस किन तोडियो धैर्यताको पर्खाल घरिघरि

सधैं तीन को अंकलाइ छ भनेर नढाट्नुहोस
कामयाब नहुन सक्छ तपाइको चाल घरिघरि

कसौंडीमा दाल सकियो तसलामा भात सक्कियो
छोरा भने उठाइ रहन्छ रित्तो थाल घरीघरी

अब मेरो बस्तिमा आधी हुरि नपठाइदे प्रभु
गरिबहरुले फेर्न सक्दैनन त्रीपाल घरिघरि ।

नेमेक्स तिवारी (केदार)
ज्वालामुखी गापा मैदी
हालः साउदी अरब