स्वास्थ्यकर्मी आफै उपचारको लागि कोरोना अस्पताल चाहार्दै

Avatar photo
Dhadingpost
अशोज २४, २०७७

विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड-19 बाट बाच्न विश्वसमुदाय, WHO, नेपाल सरकार एवं सरकारका विभिन्न निकायहरुबाट कोभिड-19 नियन्त्रण र रोकथाममा ठूलो धनराशिका साथै जनशक्ती परिचालन गरिएको छ ।

कोभिड-19 रोकथाम र नियन्त्रणमा front line मा बसेर काम गर्ने स्वास्थ्यकर्मीहरु बिरामीलाई उपचार गर्ने र आफू एवं आफ्ना परिवार समेतलाई जोगाउनु पर्ने चुनौतीपूर्ण अवस्थामा छन ।सरकारले निर्देशन गरे अनुसार सबै मापदण्ड अपनाए पनि स्वास्थ्यकर्मीले दुरि कायम गर्न नसक्नुका साथै कोभिड-19 का लक्षण चिन्न बाहेकका asymptomatic case हरु पनि प्रसस्त देखापर्न थालिसकेको अवस्थामा सबै बिरामी तथा सामान्य नागरिकदेखि पनि सावधानी अपनाउनु पर्ने भयावह अवस्था सृजना भैसकेको छ ।

म स्वास्थ्यकर्मी, अस्पतालको आकस्मिक कक्ष र फिवर क्लिनिकमा काम गर्ने ! हो यस्तै किसिमको समस्या म र मेरो परिवारले आज भोग्न परिराखेको छ र यो लेखबाट अवश्य पनि केही शिक्षा प्राप्त गर्न सकिने अपेक्षाका साथ कोभिड-19 संक्रमणको यथार्त जानाकारी पस्किने कोसिस गरेको छु ।

मिति ०७७।६।२ गते मलाई अकास्मात टाउको दुख्ने समस्या भै आराम गरिराखेको अवस्थामा सोही दिनबाट क्रमस ज्वरो आउने, आँखा दुख्ने, जोर्निहरु दुख्ने, (कम्मर अत्याधिक दुख्ने) सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने समस्या भै बेलुकी ३ पटक पखला लागेपछी तुरन्तै घरायसी उपचारको साथमा antibiotics र सिटामोल खान शुरु गरे, औषधि खाएको ५ घन्टा आराम हुने र पखाला बाहेक पुनः माथिका समस्या देखा परिराखेको अवस्थामा असोज ५ गते RT- PCR जाँचको लागि स्वाब दिएर home isolation मा नै बसिराखेको थिए र लक्षण देखिए पश्चात् खाना पानीको व्यवस्था कोठामा नै उपलब्ध गराइएको थियो ।

म परिवार सँग २ महिनादेखि अलग कोठामा बस्ने र खानाखान मात्र किचनमा जाने गर्थे भने त्यो पनि अब कोठामै हुन थालेको थियो । मलाइ भने ५ गतेबाट बिस्तारै सुधार हुदै गएको थियो तर दुर्भाग्य श्रीमती र ३ बच्चाहरुलाइ पनि रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखा पर्यो ।

असोज ७ गतेका दिन मलाइ कोभिड-19 पोजेटिभ भएको खबर आयो अनि ८ गते अन्य ४ जना परिवारको RT- PCR जाँच गरेकोमा सबैको कोभिड-19 पोजेटिभ रिपोर्ट प्राप्त भयो तबत म साना केटाकेटिहरुको स्वास्थ्य अवस्था बारे थप चिन्तित हुन पुगे भने असोज ६ गते आएकी ठुलिछोरी (अनमी हेपोमा कार्यरत) करिब ७ मिनेट घरमा बच्चाहरु सँग बसेर अफिस फर्केकी रहिछन, उनीलाई पनि मेरो कोभिड-19 पोजेटिभ रिपोर्ट आएको जानाकारी गराए र उनिपनि हेपोमा क्वारेन्टाइनमा नै बसिन ।

यता घरमा रहेका बच्चाहरुलाई १३ गतेबाट सुधार हुँदै हाल हामी सबैको स्वास्थ्य अबस्था राम्रो भएको छ । उता स्वास्थ्य चौकिमा क्वारेन्टाइनमा बसेको छोरिलाई भने असोज १२ गतेबाट कोभिड-19 को जस्तै लक्षण देखा पर्न थालेछ । उनी चार दिन सम्म सिटामोल खाएर हेपोमा बसिन र पनि कम नभएपछी धादिङ अस्पताल ल्याई फिवर क्लिनिकमा जाँच गरि १६ गतेबाट उपचार शुरु गरियो ।

रिपोर्ट अनुसार उनको पिसाबमा सामान्य संक्रमण भएको जानाकारी पाए पश्चात् अस्पतालको isolation मा जान अनुरोध गरे त्यहा उनलाई उपचार शुरु गरियो बिस्तारै खोकिले च्याप्दै जान थाल्यो । i/ v antibiotics, खोकिको औषधि र पारासिटामोल १ ग्राम ६-६ घन्टामा खादै गर्दा ३ दिनसम्म पनि कम भएन ।

१८ गते स्वाब परिक्षण गर्न काठमान्डौ पठाइयो भने सोही दिन राती श्वास- प्रस्वासमा समस्या देखा पर्यो, शरिरमा अक्सिजनको मात्रा ८८ % भन्दा कम भएपछी तत्काल तातो पानी खाने, वाफ लिने र उठेर बसेपछी आधी घन्टामा बिस्तारै कम भयो । फेरि १९ गते बेलुकी ७.४० तिर ४,५ पटक बान्ता र पखाला भएपछी काठमान्डौ लाने तयारी गर्यौ ।

कुन अस्पताल लाने ? सोधपुछ गर्दागर्दै वीर, पाटन वा टिचिङ अस्पताल मध्ये जुनमा भएपनी लैजाने निश्कर्श निकाली राती १०.५० बजेतिर एम्बुलेन्समा पठायौ । शुरुमा एक जना consultant dr को सहयोगमा वीर अस्पतालमा रातको १.१० बजे पुगियो केही प्राबिधिक कारण बस त्यहाबाट टिचिङ लैजान सुझाव दिनुभयो र रातको १.४० मा टिचिङ अस्पतालमा पुर्याइएको थियो ।

शुरुमा बेड नभएको र स्वाव परिक्षणको रिपोर्ट नआएकोले राख्न नसकिने भन्दै डिउटी डा. बाट अन्यत्र लैजान सुझाव दिनुभएछ त्यस पश्चात् मैले फोन मार्फत अनुरोध गरेपछी उहाले आकस्मिक कक्षमा राख्न स्विकार गर्नुभएको थियो । करिब आधी घन्टाको बसाइ पछि शरिरमा अक्सिजनको मात्रा ४२% मात्र भएको र जुनसुकै बेला ICU/ ventilator चाहिने एवं इन्टुबेट गर्नुपर्ने हुनसक्छ, तपाइको बिरामीलाई हामी उपचार गर्न असमर्थ छौ । त्यसैले अन्यत्र लैजान भनेर सुझाब दिनुभयो ।

अब सरकारी अस्पताल घुमाउन उचित छैन भनी राजधानिको एउटा निजि अस्पतालमा रातको ३ बजे पुर्याइएको थियो र त्यहा अक्सिजन सहित डा.सापहरुले उपचार गरे पश्चात् केही सुधार भयो र डाक्टरले कोभिड-19 अस्पताल लैजान सुझाब दिनुभयो । म आइसोलेसन बाटै यी सबै पिडाहरुको अनुभव गरि राखेको थिए ।

त्यस पश्चातः धेरै व्यक्तिहरु सँग फोन सम्पर्क गर्ने क्रममा डा. रोजन अधिकारी सँग सम्पर्क भयो । उहाँको सहयोगमा मैले स्वास्थ्य मन्त्रालयको कोभिड हटलाइन नम्वर ११३३ प्राप्त गरे र उहाँले पनि फोन मार्फत धेरै सहयोग गर्नुभयो । मैले सो नम्वरमा फोन गरे र बिरामीको बारेमा बताए ।

उहाँहरुले स्वास्थ्यमा काम गर्ने स्टाफ भनेपछी राम्रो रेस्पोन्स गर्नुभयो र स्वास्थ्य मन्त्रलय र उपत्यकामा भएका कोभिड अस्पतालहरुमा समन्वय गर्दा कुनैपनी अस्पतालमा बेड खाली नभएले टिचिङ अस्पतालको आकस्मिक कक्षमा राख्नको लागि समन्वय गरिदिनु भयो र बिहान १०.२० बजे पुनः टिचिङ अस्पतालको आकस्मिक कक्षमा राखियो । आज पुनः उनको pcr negetive नेगेटिभ भएको र स्वास्थ्यमा सुधार भए पस्चात डिस्चार्ज गरिएको छ ।

आइसोलेसनको बसाई, सबै परिवार कोभिड पोजेटिभ, घरबाट बाहिर निस्कन नमिल्ने यस्तो अवस्थमा एउटा स्वास्थ्यकर्मी बिरामी हुँदा उपचारको क्रममा मेरा मनमा उब्जिएका धेरै प्रश्नहरु:

  • एउटा स्वास्थ्यकर्मीमा कोभिड-19 का लक्षण देखापरी जटिलता हुँदासम्म पनि कुन अस्पताल लैजाने र उपचार गर्ने भन्ने कुरामा सुनिस्चित हुनुपर्ने होईन ?
  • हाल नेपाल सरकारको तलब स्केल तथा करार सेवामा स्केल भन्दा कम सुबिधा लिएर कोभिड-19 को उपचारमा फ्रन्टलाइनमा खटिएका कर्मचारीको उपचार तथा जीवन सुरक्षाको व्यवस्था कसरी गर्न सकिएला ?
  • स्वास्थ्यसेवामा कार्यरत कर्मचारीहरु बिरामीलाई उपचारको क्रममा संक्रमित भइ अस्पतालमा बेड नपाएकै कारण निजि अस्पताल गएर ठूलो धनराशि खर्छ गर्ने र मृत्युवर्ण गर्नुपर्ने होर !
  • सामान्य नागरिकलाई कोभिड-19 संक्रमण भै जटिलता भएमा कसरी पाउलान सर्भसुलभ सेवा ?
  • हो यस्ता विषयमा समय मै सोचबिचार गरि स्वास्थ्यकर्मीहरु र तिनका परिवारको उपचार गर्नका लागि छिट्टै कोभिड-19 अस्पताल सुनिश्चित गरिनु पर्छ र त स्वास्थ्यकर्मीहरुको मनोबल बढि बिरामीको उपचारमा दिनरात खट्न उर्जा मिल्न सक्छ ।

अन्तमा, हामी स-परिवार कोभिड-19 संक्रमण भै आइसोलेसनमा रहँदा हाम्रो स्वास्थ्य प्रती चासोराखी घरमै आई स्वास्थ्यलाभको कामना गर्नुहुने श्री युनिटी स्वास्थ्य सहकारी संस्था, धादिङ अस्पताल, निलकन्ठ नगरपालिका, आफन्तजन लगायत फोन, मेसेजबाट सान्त्वना दिनुहुने सम्पुर्ण महानुभाव, दैनिक उपभोग्य वस्तु उपलब्ध गराइदिनु हुने साथिहरु एवं home isolation मा बस्दा असल व्यवहार गर्नुहुने छिमेकी प्रती आभार प्रकट गर्दछु ।