
काठमाडौं, असोज २० । ओमनबाट बिदामा आएर जान नपाएकालाई पुनः जानका लागि नो अब्जेक्सन लेटर ९एनओसी० आवश्यक नपर्ने भएको छ ।
ओमनस्थित नेपाली दूतावासले सूचना जारी गर्दै ओमानले यसअघि बिदामा नेपालमा रहेका श्रमिकलाई ओमन प्रवेशका लागि एनओसी अनिवार्य गरे पनि अब भने नचाहिने जनाएको छ ।
दूतावासका अनुसार ओमन सरकारको पछिल्लो निर्णय अनुसार अब एनओसी लिनु नपर्ने व्यवस्था गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

