अमेरिकाले कम्युनिष्ट पार्टीका सदस्यलाई स्थायी बसोवास अनुमति नदिने

Avatar photo
Dhadingpost
अशोज १९, २०७७

काठमाडौं । अमेरिकाले आफ्नो आप्रवासी नियम परिवर्तन गर्दै राष्ट्रिय सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै कम्युनिष्ट पार्टीका सदस्यलाई स्थायी बसोवास अनुमति नदिने निर्णय गरेको छ ।

गत शुक्रबार अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस) ले विज्ञप्ति जारी गर्दै कुनै पनि कम्युनिष्ट पार्टीका वा निरंकुश पार्टीसँग आबद्ध भएका व्यक्तिलाई अमेरिकामा आप्रवासीको रुपमा आवेदन दिन नसक्ने उल्लेख गरिएको हो ।