
धादिङ असोज १८ । नेपाल तेक्वान्दो संघ धादिङले शनिबार ९ जना तेक्वान्दो खेलाडीलाई ब्ल्याक बेल्ट प्रथम र दोस्रो डान प्रदान गरी दीक्षित गरेको छ ।
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङका अनुसार ब्ल्याक बेल्ट प्रथम डान ४५ औँ र दोस्रो डान ४८ औँ ब्याचको बेल्ट तथा प्रमाणपत्र वितरण गरिएको हो ।
दोस्रो डान प्राप्त गर्ने खेलाडीहरुमा मारियम तामाङ श्याम कुमार पोख्रेल र सरोज घले हुनुहुन्छ भने प्रथम डानको पाउने डोल्मा गुरुङ,रेजिना बुढाथोकी,शिवानी घले,दिपेन्द्र ठकुरी, सुदिप ठकुरी र दिल बहादुर थापा मगर हुनुहुन्छ ।
