नेत्रावती डब्जोङ र नीलकण्ठबाट ६०० जना नेकपामा प्रवेस

Avatar photo
Dhadingpost
अशोज १८, २०७७

धादिङ असोज १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका अध्यक्ष नेत्र पौडेलले नेत्रावती डब्जोङ गाउँपालिका ३०० भन्दा बढी काँग्रेस र राप्रपा कार्यकर्ता नेकपा प्रवेस गरे सँगै मैरीको सय चोट घनको एक़ै चोट भन्ने अभिव्यक्ति दिनु भएको छ ।

नेत्रावती डब्जोङमा केहि दिन पहिला काँग्रेसले २०० भन्दा बढी नेकपा कार्यकर्ता काँग्रेसमा प्रवेस गराएको थियो त्यसको काउण्टरमा शनिबार नेकपाले नेत्रावती डब्जोङमा पार्टी प्रवेसको कार्यक्रम आयोजना गरि फेरि ३०० जना नेकपामा प्रवेस गराए सँगै अध्यक्ष पौडेलले मैरीको सय चोट घनको एक़ै चोट भन्ने अभिव्यक्ति दिनु भएको हो ।

अध्यक्ष पौडेलले आफ्नो सामाजिक संजाल फेसबुकमामा फोटो पोष्ट गर्दै मैरीको सय चोट घनको एक़ै चोट, आज नेत्रावती र नीलकण्ठका क़रीब ६०० जना नेपाली कांग्रेस परित्याग गरी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा प्रवेस गर्ने सबैलाइ हार्दिक स्वागत समेत गर्नुभएको छ ।