
धादिङ असोज १३ । धादिङको नीलकण्ठ नगरपलिका ७ स्थित पिपलछापमा नेपाली काँग्रेसबाट निवार्चित वडा सदस्य राम आलेमगर सहितका काँग्रेस कार्यकर्ताहरुले आफूलाई आक्रमण गरेको स्थानीय रुपेश खातीले बताउनु भएको छ ।
म गोविन्द अंकल सँग बोलि रहेको थिए, वडा सदस्य राम आलेमगर नेतृत्वमा आएका केटाहरुले ओई यता आईज भनेर बोलाए मैले किन आउने किन ? तिमीहरु यहि आउन भने, त्यसपछि राम आलेमगर आफै आएर ठुलो कुरा गर्छस् भन्दै मोबाईल खोसे र सर्ट च्यात्न थाले त्यसैक्रममा सञ्जिव सारु र रविन सारुले मलाई पिट्न थाले केहिले हतियारले हान भन्दै थिए म कसो कसो गरि फुतिएर बाँचे स्थानीय नेकपा कार्यकर्ता रुपेश खातीले धादिङपोष्टलाई बताउनु भयो ।
सोमबार साँझ ७ बजे भएको उक्त घटनामा रक्सीका कारण भएको स्थानीयहरुले बताएका छन् भने वडा सदस्य राम आले मगरले आफुले रक्सी पनि नखाएको र हातपात पनि नगरेको धादिङपोष्टलाई बताउनु भयो ।
सामान्य भनाभन भएको हो, खातीले मुख चलाएसी म सँगै भएका साथीहरुले धरपकड गरेका हुन् ।खातीले रक्सी खाएका थिए, मेरा साथीहरुले पनि रक्सी खाएका थिए घटना सामान्य भएको वडा सदस्य मगरले बताउनु भयो ।
