उद्यमशीलतामा अवसर र चुनौती बिषयक अन्तरक्रिया

Avatar photo
Dhadingpost
अशोज ११, २०७७

धादिङ असोज ११ । महिला समुहका अगुवाहरुको सहभागितामा उद्यमशीलतामा अवसर र चुनौती बिषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

सिद्धलेक गाउँपालिकाको बुङचुङ, खिर्रे, गगते, मैदान र माझिटारमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा समुदाय तहमा गठित स्वबलम्बी महिला समुहका उद्यमी महिलाहरुको सक्रिय सहभागीता रहेको थियो ।

स्थानीय स्तरमा कृषि, साना पशु बाख्रापालन, लोकल कुखुरा पालन, व्यवसायीक तरकारी खेती लगागत कृषि उद्यमी बन्न अवसर रहेको बिषयमा छलफल भएको थियोे ।

पशु बाख्रापालन, कुखुरा पालना गर्दा बिमा सेवा लिन, नश्ल सुधारको लागि उन्नत जातको बोका, व्यवसायिक खोर बनाउन अनुदान, बिक्रीमा आधारित अनुदान तथा जोखेर सहकारी मार्फत कृषि तथा पशु उपज बिक्री गर्न समस्या रहेको सिद्धलेक ५ कि गोमा श्रेष्ठले बताउनु भयो ।

हेफरईन्टरनेशनल नेपालको सहकार्य उपहार महिला कृषि सहकारी र सिद्धलेक गाउँपालिकाको समन्वयमा तथा प्रयास नेपाल धादिङका कार्यकारी दामोदर अर्याल र ईश्वरी कोईरालाले उक्त अन्तरक्रियालाई सहजिकरण गर्नु भएको एकराज पण्डितले जानकारी दिनु भयो ।